NIMB Header 2
Nepal Life

नेक्सजेन म्यानेजमेन्टले आइपिओ निष्काशन गर्ने, बिक्री प्रवन्धकमा लक्ष्मी सन्राइज क्यापिटल नियुक्त

National Life
  • BFIS News
  • 2025 Nov 25 10:58
नेक्सजेन म्यानेजमेन्टले आइपिओ निष्काशन गर्ने, बिक्री प्रवन्धकमा लक्ष्मी सन्राइज क्यापिटल नियुक्त
Sanima Reliance

काठमाडौं। नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडले आगामी दिनमा सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन गर्न लागिएको छ। यसका लागि कम्पनीले लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ।

Shikhar
NIMB

नेक्सजेनले प्रतिकित्ता रु. १०० अंकित दरका १५ लाख कित्ता साधारण शेयर जारी गर्नेछ, जसको कुल मूल्य रु. १५ करोड बराबर हुनेछ। यससम्बन्धी समझदारीपत्रमा कम्पनीका प्रवन्ध सञ्चालक रमेश कुमार भट्टराई र सन्राइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले मंसिर ८ गते काठमाडौंको नयाँ बानेश्वरस्थित क्यापिटलको कार्यालयमा हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार निकट भविष्यमै आईपीओ सार्वजनिक गर्ने तयारी गरिएको कम्पनीले जनाएको छ। नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडको हाल अधिकृत पूँजी रु. १ अर्ब र जारी पूँजी रु. ५० करोड रहेको छ। कम्पनीले स्थापनाको तेस्रो वर्षदेखि लगातार छ वर्षसम्म खुद मुनाफा आर्जन गर्दै आएको जनाएको छ। गत वर्ष कम्पनीले नगद लाभांश वितरण गरेको थियो भने चालु वर्षको मुनाफा जगेडा कोषमा सारिएको छ।

कम्पनीको नेटवर्थ पनि शेयरको अंकित मूल्यभन्दा उच्च रहेको उल्लेख गरिएको छ। नेक्सजेनका अध्यक्ष पूर्व बैंकर तथा बीमा प्राधिकरणका पूर्व अध्यक्ष देवेन्द्र प्रताप शाह रहेका छन्। सम्झौता समारोहमा कम्पनीका शेयरधनी विजय बहादुर शाह र कमल पन्थीको पनि उपस्थिति थियो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया