NIMB Header 2
Nepal Life

सर्वोच्च अदालतमा आगजनी गर्ने पाँच जना पक्राउ

National Life
  • BFIS News
  • 2025 Nov 25 11:44
सर्वोच्च अदालतमा आगजनी गर्ने पाँच जना पक्राउ
Sanima Reliance

काठमाडौँ, मंसिर ८ — जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालत परिसरमा गरिएको आगजनी तथा तोडफोड प्रकरणमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा राजु परियार, कुमार पराजुली, सुशील श्रेष्ठ र ज्योति थापा घतानी छन् भने एक जनाको नाम भने प्रहरीले खुलाएको छैन।

Shikhar
NIMB

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईले आज आयोजित पत्रकार सम्मेलनमा अदालतमा आगजनी गर्ने अन्य केही व्यक्तिको पहिचान भइसकेको बताउँदै उनीहरूलाई पनि शीघ्र कानुनी दायरामा ल्याइने जानकारी दिए। सर्वोच्च अदालतले आगजनी र तोडफोडमा संलग्नमाथि छानबिन र कारबाहीका लागि प्रहरी परिसरमा जाहेरी दिएको थियो।

जेनजी आन्दोलनकै क्रममा घटना सम्बन्धी कूल १०४ वटा जाहेरी दर्ता भएको प्रहरी परिसरले जनाएको छ। तीमध्ये २२ व्यक्तिगत, ६६ सरकारी कार्यालय तथा १६ संस्थागत वा व्यापारिक प्रतिष्ठानसँग सम्बन्धित छन्।

आन्दोलनका क्रममा सिर्फ काठमाडौँमा मात्र ४९ जनाको मृत्यु भएको प्रहरी तथ्यांकले देखाएको छ, जसमा सात जनाको पहिचान अझै हुन सकेको छैन। हराइरहेका सात जनाको हुलिया प्रहरीले प्राप्त गरेको छ।

प्रवक्ता भट्टराईका अनुसार चुच्चेपाटीस्थित भाटभटेनी नजिकै फेला परेका सात कंकालबारे पनि अनुसन्धान जारी छ। “शव पूर्णरूपमा जलेकाले डीएनए नमुना निकाल्न सकिएन,” उनले भने, “पहिचानका लागि अन्य तरिका अपनाउने कि भन्नेमा छलफल भइरहेको छ। पहिचान नभएसम्म पुष्टि गर्ने आधार छैन।”

यसबीच, आन्दोलन तथा अन्य विभिन्न कसुरमा कूल १५४ मुद्दा दर्ता भएको र २६७ जनालाई पक्राउ गरिएको छ। तीमध्ये ८७ जना हाजिर जमानीमा छुटेका, ११३ जना हिरासतमा रहेका, ३३ जना धरौटीमा छुटेका र ४३ जना पुर्पक्षका लागि थुनामा पुगेका छन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया