Nepal Life

तारकेश्वरमा ‘चौथो मेयर रनिङ शिल्ड’ : ६० विद्यालयले भाग लिने

NMB Bank
  • BFIS News
  • 2025 Nov 25 17:26
तारकेश्वरमा ‘चौथो मेयर रनिङ शिल्ड’ : ६० विद्यालयले भाग लिने
National Life

काठमाडौँ, मङ्सिर ८ गते । काठमाडौँ जिल्लाको तारकेश्वर नगरपालिकामा चौथो मेयर रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ।

Shikhar
NIMB

तारकेश्वर नगरपालिकाको आयोजनामा “खेल—तारकेश्वरको सन्देश एकताको” भन्ने मूल नारासहित आगामी मङ्सिर १३ गतेदेखि प्रतियोगिता सुरु हुने छ।

नगरप्रमुख कृष्णहरि महर्जनका अनुसार प्रतियोगितामा तारकेश्वर नगरपालिकाभित्रका ६० विद्यालयका करिब पाँच हजार विद्यार्थी सहभागी हुनेछन्।

मङ्सिर १३ देखि २० गतेसम्म चल्ने प्रतियोगितामा फुटबल, बास्केटबल, टेबल टेनिस, ब्याडमिन्टन, कराते, उसु, तेक्वान्दो, चेसलगायत १२ विधाका खेल समावेश भएका छन्। खेलहरूमा १८ वर्ष मुनिका बालबालिकाले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको व्यवस्थापनका लागि राजेन्द्रप्रसाद तिमिल्सिनाको संयोजकत्वमा १७ सदस्यीय समिति गठन गरिएको छ।

कूल २३४ पदकका लागि प्रतिस्पर्धा हुने प्रतियोगिताको उद्घाटन कार्यक्रम वडा नम्बर ८ को पिपलडाँडा मैदानमा तथा समापन कार्यक्रम वडा नम्बर ५ स्थित पृथ्वीनारायण माध्यमिक विद्यालय परिसरमा आयोजना गरिने बताइएको छ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना विजेताले क्रमशः रु १ लाख, ६० हजार, ४० हजार र २० हजार नगदसहित शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन्।

तारकेश्वर नगरपालिका टोलीले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पछिल्ला दुई वर्ष काठमाडौँ जिल्लास्तरमा पहिलो स्थान हासिल गरेको थियो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया