NIMB Header 2
Nepal Life

मधेश प्रदेश सरकारद्वारा बेरोजगार स्नातकलाई प्रतिमहिना दुई हजार भत्ता दिने तयारी

National Life
  • BFIS News
  • 2025 Nov 26 15:31
मधेश प्रदेश सरकारद्वारा बेरोजगार स्नातकलाई प्रतिमहिना दुई हजार भत्ता दिने तयारी
Sanima Reliance

जनकपुरधाम, मङ्सिर १० गते। मधेश प्रदेश सरकारले स्नातक तह उत्तीर्ण गरी बेरोजगार रहेका युवालाई प्रतिमहिना दुई हजार रूपैयाँ जीवन निर्वाह भत्ता दिने तयारी गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को मङ्सिर ८ गतेको बैठक निर्णय सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री सरोजकुमार यादवले यो जानकारी दिएका हुन्।

Shikhar
NIMB

उनीका अनुसार वर्षात् अभावले मधेश प्रदेशमा धान रोपाइँ ८६.३५ प्रतिशतमा सीमित भएको र त्यसपछि आएको ‘मेन्था’ को अविरल वर्षाले प्रमुख खाद्यान्न बालीमा ठूलो क्षति पु¥याएको थियो। सो क्षतिको विवरण स्थानीय तहमा दर्ता गराएका किसानलाई प्रतिकठ्ठा १,५०० रूपैयाँ राहत वितरण गर्ने प्रक्रिया अघि बढिरहेको उनले बताए।

मुख्यमन्त्री यादवले मधेश आन्दोलनका सहिदलाई ‘मधेश रत्न सम्मान’ प्रदान गर्ने निर्णयको कार्यविधि निर्माण चरणमा रहेको पनि जानकारी दिए।

बैठकले विवाहपञ्चमी महोत्सवमा सहभागी अतिथिहरूको स्वागत तथा व्यवस्थापनका लागि उर्जा, सिँचाइ तथा खानेपानी मन्त्री लखन दास तत्मा संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको छ। समितिले जनकपुरधाम–१३ को मणीमण्डप क्षेत्रमा स्वागतद्वार, पण्डाल, पानी तथा भोजन व्यवस्थापन गर्नेछ।

यस्तै, प्रदेशका आठै जिल्लामा मलको कृत्रिम अभाव, कालोबजारी र वितरणमा हुने अनियमितता रोकेर प्रभावकारी निगरानी गर्न सम्बन्धित जिल्लाका मल वितरण व्यवस्थापन समितिलाई सक्रिय बनाउन जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गर्ने निर्णय बैठकले गरेको छ।

मुख्यमन्त्री यादवका अनुसार तोकिएको समयसीमा (मधेश प्रदेशका लागि १० दिन) भित्र मल नउठाउने, ढिलासुस्ती गर्ने वा वितरणमा अनियमितता देखिने सहकारी, फर्म वा बिक्रेताको कोटा तत्काल कटौती गरी आवश्यक ठाउँमा स्थानान्तरण गर्ने निर्णय पनि भएको छ। यस्ता बिक्रेतालाई कानुनअनुसार कारबाही गर्न भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई निर्देशन दिइनेछ।

प्रदेशका उखु किसानले विगत वर्षदेखि नेपाल सरकारबाट पाउँदै आएको प्रतिक्विन्टल ७० रूपैयाँ प्रबर्धन खर्च आर्थिक वर्ष २०८१/८२ देखि नपाएपछि समस्या बढेको जनाउँदै सो रकम पुनः उपलब्ध गराउन संघ सरकारलाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ।

निर्णय सार्वजनिक कार्यक्रममा उर्जा, सिँचाइ तथा खानेपानी मन्त्री लखनदास तत्मा र वन तथा वातावरण मन्त्री कन्चन बिछ्छा उपस्थित थिए।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया