NIMB Header 2
Nepal Life

बन्दीपुरमा छैटौं बन्दीपुर महोत्सव सुरु, आठ लाख पर्यटक भित्र्याउने लक्ष्य

National Life
  • BFIS News
  • 2025 Nov 26 15:56
बन्दीपुरमा छैटौं बन्दीपुर महोत्सव सुरु, आठ लाख पर्यटक भित्र्याउने लक्ष्य
Sanima Reliance

तनहुँ, मङ्सिर १० गते । ऐतिहासिक तथा सांस्कृतिक पहाडी बस्ती बन्दीपुरमा आजदेखि छैटौं बन्दीपुर महोत्सव सुरु भएको छ। तनहुँ उद्योग वाणिज्य सङ्घ बन्दीपुर बजार इकाईको आयोजनामा मङ्सिर १० देखि २१ गतेसम्म सञ्चालन हुने यो महोत्सवले भ्रमण वर्ष २०२५ अन्तर्गत आठ लाख पर्यटक आकर्षित गर्ने लक्ष्य राखिएको छ।

Shikhar
NIMB

बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाका अनुसार, बजारमै केन्द्रित पर्यटकलाई गाउँ–गाउँसम्म पुर्‍याउँदै सम्पूर्ण क्षेत्रलाई पर्यटन–मैत्री बनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको हो। छवटै वडामा पर्यटकको पहुँच बढाउन सडक स्तरोन्नति, सिंढीमार्ग निर्माण र “उज्यालो बन्दीपुर” कार्यक्रममार्फत वातावरण अनुकूल बनाइँदैछ।

महोत्सवमा ग्रामीण जीवनशैली, स्थानीय कला–संस्कृति, होमस्टे, कृषक उत्पादन, हस्तकला, र पशुपालन जस्ता विविध विषयवस्तु एकै ठाउँबाट प्रदर्शन गरिनेछन्। यसले स्थानीय रोजगारी, व्यवसाय प्रवर्धन र जीवनस्तर सुधारमा योगदान गर्ने अपेक्षा गरिएको छ।

काठमाडौं, पोखरा र सौराहाको त्रिकोणीय क्षेत्रमा बसेको बन्दीपुर पुराना परम्परागत घर–आवास, भक्तपुरे शैलीका संरचना, टुँडिखेल, रामकोट, रानीवन, सुनखरी, थानीमाई, महालक्ष्मी मन्दिर, साथै प्याराग्लाइडिङ र चट्टान आरोहणका कारण लोकप्रिय गन्तव्य बनेको छ।

हालै संचालनमा आएको केबलकारले पर्यटकको पहुँच अझ सहज बनाएको छ। समुदायको सक्रिय सहभागितामा अघि बढेको यस महोत्सवले बन्दीपुरलाई दीर्घकालीन रूपमा बलियो पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने विश्वास लिइएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया