Nepal Life

नवलपुरको सामुदायिक वनमा सौर्य ऊर्जाबाट वन्यजन्तुको पानी व्यवस्थापन

NMB Bank
  • BFIS News
  • 2025 Nov 26 16:15
नवलपुरको सामुदायिक वनमा सौर्य ऊर्जाबाट वन्यजन्तुको पानी व्यवस्थापन
National Life

मध्यविन्दु, मङ्सिर १० गते । नवलपुरको कावासोती नगरपालिका–१३ स्थित नमुना मध्यवर्ती सामुदायिक वनमा सौर्य ऊर्जाबाट वन्यजन्तुको लागि पानीको व्यवस्थापन गरिएको छ।

Shikhar
NIMB

वनमा सिमसार क्षेत्र हिउँदमा सुक्ने र पानी अभाव हुँदा जङ्गली जनावरले बासस्थान परिवर्तन गर्नुपर्ने, कहिलेकाँही बस्तीमा प्रवेश गर्ने समस्या हुने भएकाले सौर्य ऊर्जाबाट स्वचालित पानी प्रबन्ध गरिएको सामुदायिक वन अध्यक्ष राजकुमार गुरुङले बताए।

उनका अनुसार, सेन्चुरी घोल क्षेत्रमा पानीको अभाव नहुने गरी स्वचालित बोरिङ राखिएको छ। बिहान घाम लागेपछि बोरिङले पानी फाल्न सुरु गर्ने र साँझ घाम डुबेपछि आफै बन्द हुने व्यवस्था गरिएको छ। बोरिङको गहिराइ १४२ फिट रहेको छ।

गत वर्ष बुद्धढाप घोलमा पानी अभाव हुँदा जेनरेटर भाडामा ल्याएर करिब ८० हजार रुपैयाँ खर्च गरी पानीको व्यवस्था गरिएको थियो। यस वर्ष हिमालय नेचर संस्थाको सहयोगमा करिब ८ लाख रुपैयाँ लागतमा सौर्य ऊर्जाबाट स्थायी पानी प्रबन्ध गरिएको छ।

अध्यक्ष गुरुङले बताएअनुसार, वन क्षेत्रभित्रका अन्य सिमसार क्षेत्रमा पनि आगामी वर्षमा स्वचालित बोरिङ स्थापना गर्ने योजना छ। वनले आफ्नो क्षेत्रभित्र घोलहरूको सरसफाइ र व्यवस्थापनको काम पनि गर्दै आएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया