Nepal Life

ताप्लेजुङमा दुर्गम गाउँका घरघरमै सामाजिक सुरक्षा भत्ता वितरण

NMB Bank
  • BFIS News
  • 2025 Nov 26 16:22
ताप्लेजुङमा दुर्गम गाउँका घरघरमै सामाजिक सुरक्षा भत्ता वितरण
National Life

ताप्लेजुङ, मङ्सिर १० गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित दुर्गम तथा विकट गाउँका लाभग्राहीलाई घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ।

Shikhar
NIMB

फक्ताङ्लुङ–६ लेलेपका दुर्गम गाउँ अम्जिलेसा, ग्याब्ला, फले र घुन्साका लाभग्राहीलाई गाउँपालिकाका पदाधिकारी, जनप्रतिनिधि र वडासचिवको टोलीले घरमै पुगेर भत्ता वितरण गरेका हुन्।

गाउँपालिकाका अध्यक्ष  राजन लिम्बू (मुक्ति) ले बताए अनुसार, अपाङ्ग, एकल महिला र ज्येष्ठ नागरिक लगायतका लाभग्राहीलाई घरटोलमै भत्ता उपलब्ध गराएर सेवा पहुँच सहज बनाउने उद्देश्य राखिएको थियो।

अध्यक्ष लिम्बूले भने, “स्थानीय सरकार जनतासँग नजिक भएर सेवा प्रवाह गर्न बाध्य छ। दुर्गम क्षेत्रका लाभग्राहीलाई घरमै गएर भत्ता वितरण गर्दा उनीहरूलाई सहजता र राहत महसुस भएको छ।”

गाउँकार्यपालिका सदस्य मिङ्माडण्डु शेर्पाले जानकारी दिए अनुसार, घरघरमै सामाजिक सुरक्षा भत्ता वितरण भएपछि लाभग्राहीले ठूलो राहत महसुस गरेका छन्।

लेलेप क्षेत्र दुर्गम, भौगोलिक विकट र हिमाली भेगमा पर्दछ। घुन्सा बस्तीको उचाई ३,४७५ मिटर, फले बस्तीको उचाइ ३,२३२ मिटर रहेको छ। सामान्य रूपमा घुन्सा र फलेदेखि गाउँपालिकाको प्रशासकीय केन्द्र तापेथोकसम्म दुई दिन पैदल यात्रा गर्नुपर्ने हुन्छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया