NIMB Header 2
Nepal Life

सबै नेपालीको पहिलो रोजाइमा पर्ने कोकाकोला कम्पनीका शेयरधनीलाई हातालाग्यो शुन्य

National Life
  • BFIS News
  • 2025 Nov 27 12:37
सबै नेपालीको पहिलो रोजाइमा पर्ने कोकाकोला कम्पनीका शेयरधनीलाई हातालाग्यो शुन्य
Sanima Reliance

काठमाडौं, मंसिर ११ — बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल (तराई) लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ का लागि आफ्ना शेयरधारकहरूलाई कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेका छन्। दुवै कम्पनीका सञ्चालक समितिहरूको बैठक २०२५ नोभेम्बर २६ (मंसिर १० गते) बसेर निर्णय गरिएको हो।

Shikhar
NIMB

कम्पनीले प्रकाशित गरेको सूचनाअनुसार २०८२ असार ३२ मा सम्पन्न आर्थिक वर्षका लागि लाभांश नदिने निर्णय दीर्घकालीन व्यवसायिक हितमा भएको बताइएको छ। कम्पनीहरूले वित्तीय स्थिति सुदृढ पार्न, मूल व्यवसायमा पुनर्निवेश बढाउन र दीगो विस्तार तथा वृद्धि रणनीतिमा ध्यान केन्द्रित गर्न लाभांश नदिने निर्णय गरिएको उल्लेख गरेका छन्।

यसैबीच, दुवै कम्पनीले पुस ११ गतेलाई बुक–क्लोज मिति तोकेको छ। सो दिनसम्म नाम दर्ता गराएका शेयरधारकहरूले वार्षिक साधारण सभामा सहभागी हुन सक्नेछन् र लाभांश वितरणका लागि योग्य हुनेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया