Nepal Life

डिप्रोक्स लघुवित्त शाखा परासीद्वारा छात्रावृति वितरण कार्यक्रम

NMB Bank
  • BFIS News
  • 2025 Nov 27 17:43
डिप्रोक्स लघुवित्त शाखा परासीद्वारा छात्रावृति वितरण कार्यक्रम
National Life

परासी। डिप्रोक्स लघुवित्त वित्तिय संस्था लि., शाखा कार्यालय परासीले पवन माध्यमिक विद्यालय, रामग्रामका कक्षा ७ मा अध्ययनरत छात्रा राधिका हरिजनलाई सामाजिक उत्तरदायित्व अन्तर्गत रु ५०००/- को छात्रा वृति वितरण गरेको छ। उक्त छात्रावृत्ति  शाखा प्रबन्धक खेम राज ओझाले हस्तान्तरण गरेका हुन्।

Shikhar
NIMB

कार्यक्रममा विद्यालयका विद्यार्थी, अभिभावक लालकुमारी हरिजन, व्यवस्थापन संचालक समिति सदस्य विन्दु चौधरी, प्रधानाध्यापक सलिक राम लामिछाने, सूचना अधिकारी तोरेन्द्र जि.सि, तथा शाखाका कर्मचारीहरू उपस्थित थिए।

छात्रा वृति वितरण कार्यक्रमको उद्देश्य सामाजिक उत्तरदायित्वको प्रत्याभूति र विद्यार्थीहरूको शैक्षिक प्रगतिको लागि उत्प्रेणा प्रदान गर्नु रहेको संस्थाले जनाएको छ। डिप्रोक्स लघुवित्तले देशभरि यस्ता छात्रावृत्ति वितरण गर्दै आएको छ, जसले कम आय भएका परिवारका बालबालिकाको पढाईमा सहजता र सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रममा बोल्दै प्रधानाध्यापक सलिक राम लामिछानेले वित्तिय संस्थाले गरेको सहयोगले केवल छात्रावृत्ति मात्र नभई विद्यार्थीहरूमा उत्कृष्ट उत्प्रेणको स्रोत पनि बनेको बताए। यस प्रकारको सहयोगले विद्यार्थीमा अध्ययनप्रति उत्साह बढाउने र उज्जवल भविष्य निर्माणमा सहायक हुने उल्लेख गरे।

सुचना अधिकारी तोरेन्द्र जि.सिले यस छात्रावृत्तिले विद्यार्थीको पढाईमा थप बल पुग्ने बताउँदै वित्तिय संस्थाले समाजप्रति देखाएको प्रतिबद्धतालाई उच्च मूल्याङ्कन गरेका छन्।

यस अवसरमा अभिभावक लालकुमारी हरिजनले छोरीले छात्रावृत्ति पाएकोमा डिप्रोक्स लघुवित्तको प्रयासको प्रशंसा गर्दै धन्यवाद व्यक्त गर्नुका साथै संस्थाको आगामी प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन्।

शाखा प्रबन्धक खेम राज ओझाले यस प्रकारका कार्यक्रमले विद्यार्थीहरूमा शैक्षिक उत्साह, आत्मविश्वास र उत्कृष्ट उत्प्रेण प्रदान गर्ने विश्वास व्यक्त गर्दै यस पहललाई निरन्तरता दिने प्रतिबद्धता जनाए। कार्यक्रमले स्थानीय विद्यालय र वित्तिय संस्थाबीचको सहयोग र सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया