Nepal Life

हेलम्बुमा ७६ जना मोतियाबिन्दु रोगीको सफल शल्यक्रिया

NMB Bank
  • BFIS News
  • 2025 Nov 28 13:56
हेलम्बुमा ७६ जना मोतियाबिन्दु रोगीको सफल शल्यक्रिया
National Life

सिन्धुपाल्चोक, मङ्सिर १२ गते। हेलम्बु गाउँपालिकामा आयोजित निःशुल्क आँखा स्वास्थ्य शिविरमार्फत ७६ जना मोतियाबिन्दु रोगीको सफल शल्यक्रिया गरिएको छ। नेपाल नेत्रज्योति सङ्घ कीर्तिपुर आँखा अस्पतालका विशेषज्ञको प्राविधिक सहयोगमा सञ्चालित यो शिविर गाउँपालिकाले आयोजना गरेको हो। जानकारीका अनुसार शल्यक्रिया सम्पन्न भएका सबै बिरामीको अवस्था सामान्य छ।

Shikhar
NIMB

गाँउपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले शिविरमा पहिचान भएका मोतियाबिन्दु रोगीमध्ये ७६ जनाको सफल शल्यक्रिया गरिएको जानकारी दिनुभयो।

हेलम्बु गाउँपालिकाभित्रका विभिन्न स्थानमा मङ्सिर ५ गतेदेखि १० गतेसम्म गरिएको निःशुल्क आँखा स्वास्थ्य शिविरमा व्यापक सहभागिता रहेको स्वास्थ्य शाखा प्रमुख मुकेश भट्टराईले बताए।

शिविर पार्थिङ (वडा ७), पिप्से–बोल्दे सचिबे (वडा ५), इचोक स्वास्थ्य केन्द्र (वडा ६), खर्चुङ र हेलम्बु स्वास्थ्य केन्द्र (वडा १), तथा पाल्चोक स्वास्थ्य चौकी–चिलाउनेघारी तथा किउल प्राथमिक अस्पताल (वडा ३) गरी विभिन्न ठाउँमा सञ्चालन गरिएको थियो।

स्वास्थ्य शाखाका अनुसार शिविरमार्फत १ सय ५० जना मोतियाबिन्दु रोगी पहिचान गरिएका थिए। स्क्रिनिङपछि शल्यक्रियाका लागि योग्य बिरामीलाई छनोट गरिई सफल अपरेशन गरिएको थियो। अपरेशन सम्पन्न भएपछि बिरामीको भिजन परीक्षण गरी डिस्चार्ज गरिएको थियो।

हेलम्बु गाउँपालिकाले स्थानीय बासिन्दाका लागि स्वास्थ्य सेवा सुदृढ गर्न निरन्तर काम गर्दै आएको जनाएको छ। कोरोना महामारीका दौरान घरघरमै स्वास्थ्यकर्मी पठाएर सेवा उपलब्ध गराएको, एम्बुलेन्स सेवा, ज्येष्ठ नागरिक, अपाङ्गता तथा एकल/अशक्त नागरिकलाई विशेष प्राथमिकता दिँदै विभिन्न स्वास्थ्य कार्यक्रम सञ्चालन गरिरहेको गाउँपालिकाले जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया