नेपाः भाषा संरक्षणमा सूचना प्रविधिको उपयोग गर्न महर्जनको आग्रह
- BFIS News
- 2025 Nov 28 14:01
पाटन (ललितपुर), मङ्सिर १२ गते। ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले नेपाः भाषा मंका खलःका नवनिर्वाचित पदाधिकारीलाई सूचना प्रविधिको प्रभावकारी उपयोग गर्दै भाषा तथा संस्कृतिको संरक्षणमा सक्रिय भूमिका निभाउन आग्रह गर्नुभएको छ।
नेपाः भाषा मंका खलःको १४औँ अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्न आयोजित कार्यक्रममा प्रमुख महर्जनले सूचना प्रविधिको द्रुत विकास भइरहेका समयमा नेपाः भाषा, संस्कृति र सम्पदाको संरक्षणलाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिनुभयो।
उहाँले भन्नुभयो, “मंका खलःले भाषा र संस्कृतिको क्षेत्रमा विज्ञहरूलाई परिचालन गरेर काम गर्न आवश्यक छ। नेपाः भाषा संरक्षण र संवर्द्धनका लागि ललितपुर महानगर जुनसुकै सहयोगका लागि तयार छ। बजेटमा पनि कमी हुन दिइँदैन।”
महर्जनका अनुसार नेपाः भाषालाई आधुनिक प्रविधिसँग जोडेर प्रवर्द्धन गर्नुपर्ने र यसका लागि मंका खलःसँग महानगरले निरन्तर सहकार्य गर्ने तयारी गरेको छ।
मंका खलःका अध्यक्ष महेन्द्रलाल महर्जनले हालका दिनमा नेपाः (नेवारी) भाषाको प्रयोग घट्दै गएकाले संकट बढेको उल्लेख गर्दै परिवारबाटै भाषाको प्रयोगलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो। साथै लोक सेवा आयोगको परीक्षामा नेवारी भाषा समावेश गराउन संस्थाले निरन्तर पहल गर्ने बताउनुभयो।
महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले नेपाः भाषा मंका खलःले भाषा संरक्षणमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्दै स्थानीय पाठ्यक्रममार्फत भाषा तथा संस्कृति संरक्षणमा महानगर सक्रिय रहेको बताउनुभयो।
उहाँले नेवारी भाषा लोप हुने अवस्थामा पुगेकाले लिपि, भाषा र संस्कृतिको संरक्षणमा सबै सरोकार पक्ष एकताबद्ध हुनुपर्ने बताउनुभयो।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)













.jpeg)





प्रतिक्रिया