NIMB Header 2
Nepal Life

कर्जा सुरक्षण कोष र फरवार्ड लघुवित्तबीच कर्जा सुरक्षण सम्झौता

National Life
  • BFIS News
  • 2025 Nov 28 16:33
कर्जा सुरक्षण कोष र फरवार्ड लघुवित्तबीच कर्जा सुरक्षण सम्झौता
Sanima Reliance

काठमाडौं। निक्षेप तथा कर्जा सुरक्षण कोष र सुनसरीको दुहवीस्थित फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडबीच आज एक औपचारिक कार्यक्रमका बीच लघु कर्जा अतिरिक्त सुरक्षण योजना, २०८२ अन्तर्गत कर्जा सुरक्षणसम्बन्धी सम्झौता सम्पन्न भएको छ।

Shikhar
NIMB

लघु कर्जा प्रवाहका क्रममा ऋणी तथा उनीहरूको पति/पत्नीको मृत्यु, अशक्तता वा परीयोजना नष्टजस्ता कारणले बैंक तथा वित्तीय संस्थालाई हुन सक्ने सम्भावित नोक्सानीबाट रक्षा प्रदान गर्ने उद्देश्यले कोषले सञ्चालनमा ल्याएको उक्त योजनामा फरवार्ड लघुवित्त पनि आजदेखि औपचारिक रूपमा आवद्ध भएको हो।

सम्झौता समारोहमा दुबै संस्थाका प्रमुख कार्यकारी अधिकृतका साथै फरवार्ड लघुवित्तका नायब प्रमुख कार्यकारी अधिकृत, विभागीय प्रमुखहरू, कोषका विभागीय प्रबन्धक तथा शाखा कार्यालयका कर्मचारीहरूको आकर्षक उपस्थिति रहेको थियो। कार्यक्रमकै दौरान दुबै संस्थाका प्रमुख कार्यकारी अधिकृतहरूले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।

सम्झौता अनुसार, फरवार्ड लघुवित्तले प्रवाह गरेका कर्जामध्ये जानाजानी गर्न सकिने (wilful) कर्जा अपचलन भएमा ७५ प्रतिशत त्यस्तै मृत्यु, अशक्तता वा परीयोजना नष्ट जस्ता परिस्थितिजन्य कारणले कर्जा अपचलन भएमा १०० प्रतिशत दाबी भुक्तानी कर्जा सुरक्षण कोषले उपलब्ध गराउनेछ।

योजनामा आवद्ध भएपछि फरवार्ड लघुवित्तले वार्षिक ०.४ प्रतिशत सुरक्षण शुल्कमा ०.१५ प्रतिशत थप भई ०.५५ प्रतिशत शुल्क तिर्नुपर्ने व्यवस्था रहेको छ।

कोषका अनुसार, यस सम्झौताले विपन्न वर्गका व्यक्तिहरूलाई साना तथा लघु उद्यम सञ्चालनका लागि उपलब्ध गराइने कर्जा अब शतप्रतिशत सुरक्षित हुने अपेक्षा गरिएको छ। यससँगै कर्जा सुरक्षणका लागि चल–अचल सम्पत्तीको धितो वा अन्य अतिरिक्त सुरक्षण व्यवस्था गर्नुपर्ने झन्झटबाट फरवार्ड लघुवित्त मुक्त हुने कोषले विश्वास व्यक्त गरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया