Nepal Life

सिरिजङ्गा गोल्डकपको खेल तालिका सार्वजनिक

NMB Bank
  • BFIS News
  • 2025 Nov 29 16:24
सिरिजङ्गा गोल्डकपको खेल तालिका सार्वजनिक
National Life

ताप्लेजुङ, मंसिर १३ गते। आगामी मंसिर २३ गतेदेखि सिरिजङ्गा गाउँपालिकामा सञ्चालन हुने अन्तर्राष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकप पुरुष फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ। आयोजक तेल्लोक स्पोर्टिङ क्लबले शनिबार सदरमुकाम फुङ्लिङमा पत्रकार सम्मेलनमार्फत तालिका सार्वजनिक गरेको हो।

Shikhar
NIMB

खेल तालिका अध्यक्ष अर्जुन भट्टराई, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्रकुमार लिम्बूलगायतले सार्वजनिक गर्नुभयो। तालिका अनुसार उद्घाटन खेल आयोजक तेल्लोक स्पोर्टिङ क्लब र इलामको रेडहर्ष फुटबल क्लबबीच हुनेछ।

दोस्रो खेलमा न्युस्टार बिर्तामोड झापा र वाईवाई पाँचथर फुटबल क्लब प्रतिस्पर्धा गर्नेछन्। तेस्रो खेलमा भारतको सिलिगुढीबाट आएका पाहुना टोली पारिजात फुटबल संघ र मरिक फुटबल क्लब धरानबीच प्रतिस्पर्धा हुनेछ।

प्रि–क्वार्टर फाइनल चरणको अन्तिम खेल साँघुरीगढी फुटबल क्लब धनकुटा र म्याङ्लुङ स्पोर्टिङ क्लब तेह्रथुमबीच हुनेछ। पहिलो चरणका खेल सकिएपछि मंसिर २७ गते पहिलो सेमिफाइनल र २८ गते दोस्रो सेमिफाइनल खेल हुनेछ। फाइनल मंसिर २९ गते हुने छ।

प्रतियोगिताको विजेताले तीन लाख ३२१ रुपैयाँ, उपविजेताले एक लाख ५० हजार ३२१ रुपैयाँसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन्। साथै विभिन्न विधामा उत्कृष्ट ठहरिएका खेलाडीलाई पनि पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

किरात लिम्बू लिपिका प्रचारक तथा याक्थुङ संस्कृतिका प्रणेता सिरिजङ्गासिंह थेबेको ३२१ औँ जन्मजयन्तीको अवसरमा गोल्डकप आयोजना गर्न लागिएको आयोजकको भनाइ छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया