NIMB Header 2
Nepal Life

माछापुच्छ्रे क्यापिटलको ‘माछापुच्छ्रे एसआईपी योजना’मा आजदेखि आवेदन दिन सकिने

National Life
  • BFIS News
  • 2025 Nov 30 11:19
माछापुच्छ्रे क्यापिटलको ‘माछापुच्छ्रे एसआईपी योजना’मा आजदेखि आवेदन दिन सकिने
Sanima Reliance

काठमाडौं। माछापुच्छ्रे क्यापिटल लिमिटेडले आज (मंसिर १४ गते) देखि सामूहिक लगानी कोष ‘माछापुच्छ्रे एसआइपी योजना’को इकाई सार्वजनिक निष्काशन तथा बिक्री खुला गरेको छ। क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा २० करोड रुपैयाँ बराबरका २ करोड इकाई बिक्रीमा ल्याएको हो। एमबीएल सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने यो योजना खुलामुखी प्रकृतिको हो।

Shikhar
NIMB

योजनाको कुल आकार ५ करोड इकाई रहेको छ। जसमध्ये १४ प्रतिशत अर्थात ७० लाख इकाई कोष प्रबर्धक माछापुच्छ्रे बैंकका लागि तथा १ प्रतिशत अर्थात ५ लाख इकाई योजना व्यवस्थापक माछापुच्छ्रे क्यापिटलका लागि सुरक्षित गरिएको छ। सर्वसाधारणका लागि भने १ करोड २५ लाख इकाई छुट्ट्याइएको छ।

योजनामा मंसिर १७ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिभित्र सबै इकाई बिक्री नभएमा आवेदन अवधि मंसिर २८ गतेसम्म खुला रहने क्यापिटलले जनाएको छ।

यस योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक माछापुच्छ्रे क्यापिटल लिमिटेड नै रहेको छ। लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखाबाट आवेदन दिन सक्नेछन्। साथै सिडिएस एण्ड क्लियरिङ लिमिटेडद्वारा विकसित ‘मेरो शेयर’ अनलाइन प्लेटफर्ममार्फत सि–आस्बा प्रणाली प्रयोग गरी पनि आवेदन दिन सकिनेछ।

म्युचुअल फण्ड निष्काशनका लागि प्राप्त रेटिङ अनुसार कोष प्रबर्धक माछापुच्छ्रे बैंकलाई केयर रेटिङ नेपालले केयरएनपी ट्रिपल बी प्लस इस्यूअर रेटिङ प्रदान गरेको छ भने योजना व्यवस्थापक माछापुच्छ्रे क्यापिटललाई इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले आईआरएन एएमसी क्वालिटी ३ रेटिङ प्रदान गरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया