Nepal Life

भारतमा नेपाली सवार बस दुर्घटना : ३ जनाको मृत्यु, २४ जना घाइते

NMB Bank
  • BFIS News
  • 2025 Dec 02 15:08
भारतमा नेपाली सवार बस दुर्घटना : ३ जनाको मृत्यु, २४ जना घाइते
National Life

काठमाडौं । भारतको उत्तर प्रदेशस्थित बलरामपुर जिल्लाको फुलबरिया सडकमा नेपाली यात्रु सवार बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्।

Shikhar
NIMB

दुर्घटना मंगलबार बिहान करिब साढे २ बजे घटेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

यूपी २२ एटी ०२४५ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको यूपी २१ डीटी ५२३७ नम्बरको ट्रक एक–अर्कामा ठोक्किँदा दुर्घटना भएको हो। ठोक्किएपछि बसमा आगलागीसमेत भएको स्थानीय मिडियाले उल्लेख गरेका छन्।

दुर्घटनामा घाइते भएकामध्ये ६ जनाको अवस्था गम्भीर रहेको बताइएको छ। सबै घाइतेहरूलाई नजिकैको अस्पतालमा उपचारका लागि लगिएको छ। मृतक तथा घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको भारतीय अधिकारीहरूले बताएका छन्।

सुनौली–दिल्ली रुटमा चल्दै आएको उक्त बसमा ४५ जना यात्रु सवार थिए। तीमध्ये अधिकांश नेपाली रहेको भारतीय दैनिक ‘भास्कर’ले जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया