Nepal Life

‘एन आई ३१’ का ईकाइहरूको कारोबार खुला, दीर्घकालिन लगानीमा उत्कृष्ट प्रतिफल

NMB Bank
  • BFIS News
  • 2025 Dec 03 13:13
‘एन आई ३१’ का ईकाइहरूको कारोबार खुला, दीर्घकालिन लगानीमा उत्कृष्ट प्रतिफल
National Life

काठमाडौं, मंसिर १५ । नबिल बैंक लिमिटेड कोष प्रवर्द्धक र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको योजना व्यवस्थापनमा संचालित नबिल म्युचुअल फन्डअन्तर्गतको दोस्रो खुलामुखी योजना ‘एन आई ३१’ (NI 31) का ईकाइहरूको खरिद/बिक्री आजदेखि औपचारिक रूपमा खुला गरिएको छ। कम्पनीले सोमबार मंसिर १५ गतेदेखि सो योजनाका ईकाइहरू कारोबारका लागि उपलब्ध गराइएको जानकारी दिएको छ।

Shikhar
NIMB

योजनामा समावेश व्यवस्थित लगानी योजना (SIP–Systematic Investment Plan) मा दर्ता हुन इच्छुक लगानीकर्ताले पनि यही मितिदेखि आवेदन दिन सक्ने नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले जनाएको छ। SIP मार्फत लगानी गर्न चाहनेले आफ्ना आवश्यकताअनुसार मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक रुपमा न्यूनतम १ हजार रुपैयाँबाट लगानी सुरु गर्न सक्नेछन्।

कम्पनीका अनुसार ‘एन आई ३१’ का ईकाइहरू काठमाडौंको नक्साल, नारायणचौरस्थित सेन्ट्रल प्लाजामा रहेको नबिल इन्भेष्टमेन्ट अफिस तथा कम्पनीको आधिकारिक वेबसाइटमार्फत खरिद/बिक्री गर्न सकिनेछ।

नबिल इन्भेष्टमेन्टले लगानीकर्ताहरूको सुविधा र पहुँचलाई ध्यानमा राख्दै अनलाइन तथा अफलाइन दुवै माध्यमबाट कारोबारको व्यवस्था मिलाइएको जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया