Nepal Life

सिन्धुलीमा ३४ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइयो

NMB Bank
  • BFIS News
  • 2025 Dec 03 14:34
सिन्धुलीमा ३४ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइयो
National Life

सिन्धुलीमाढी, मङ्सिर १७ । अपाङ्गता क्षेत्रमा क्रियाशील विभिन्न संस्थाले सिन्धुलीमा ३४ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस बुधबार संयुक्त रुपमा मनाएका छन्।

Shikhar
NIMB

सिन्धुली महिला अपाङ्ग सङ्घ, अपाङ्ग कल्याण सङ्घ, बौद्धिक अपाङ्गता अभिभावक सङ्घ, सिन्धुली बहिरा सङ्घ र सिन्धुली अपाङ्ग सङ्घले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा प्रभातफेरी, सम्मान तथा शुभकामना आदान–प्रदान गरेर दिवस मनाइएको हो।

कार्यक्रममा नेपालका लागि एक दिनकी फिनल्याण्डकी राजदूत बनेकी रमिला घलान, एसईई २०८० बहिरा विद्याालयतर्फ नेपाल प्रथम जमुना घलान, उद्यमी इच्छे सार्की, अपाङ्गता भएर पनि अपाङ्गता नभएको व्यक्तिसँग विवाह गरेबापत टिनु तामाङ, तथा अपाङ्गता भएका व्यक्तिलाई सहयोग पुर्याएबापत किरण श्रेष्ठ लाई प्रशंसापत्र प्रदान गरिएको थियो।

दिवसअन्तर्गत प्रमुख–प्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, व्यापारी, सामाजिक क्षेत्रका व्यक्तिसहित अपाङ्गता भएका व्यक्तिहरू सहभागी प्रभातफेरीले बजार परिक्रमा गरेको थियो। प्रभातफेरीमा विभिन्न सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो।

सिन्धुली महिला अपाङ्ग सङ्घकी अध्यक्ष दिलकुमारी देवकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख शान्ता कार्की लगायतले शुभकामना व्यक्त गर्नुभयो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया