NIMB Header 2
Nepal Life

कोटेश्वर फ्लाइओभर र सुरुङमार्ग बनाउन जाइकासँग ३१ अर्ब ७६ कराेड ऋण सम्झौता

National Life
  • BFIS News
  • 2025 Dec 03 14:44
कोटेश्वर फ्लाइओभर र सुरुङमार्ग बनाउन जाइकासँग ३१ अर्ब ७६ कराेड ऋण सम्झौता
Sanima Reliance

काठमाडौं। कोटेश्वर इन्टरसेक्सन सुधार आयोजनाअन्तर्गत सरकार र जापान अन्तराष्ट्रिय सहयोग नियोग(जाइका) बीच ऋण सहायता गर्ने सम्झौता भएको छ । बुधबार अर्थ मन्त्रालयमा भएको सम्झौताअनुसार सरकार र जाइकाबीच फ्लाइओभर र सुरुङमार्ग निर्माण गर्न सम्झौता भएको हो ।

Shikhar
NIMB

कोटेश्वरमा फ्लाइओभर र सुरुङमार्ग निर्माण गर्न जाइकाले ऋण सहायता प्रदान गर्ने सम्झाैता भएको सडक विभागअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनप्रसाद अर्यालले बताए ।

उनका अनुसार, जाइकाले ३१ अर्ब ७६ कराेड रुपैयाँ ऋण सहायता सुनिश्चित भएको हो । ‘कोटेश्वर इन्टरसेक्सन सुधार आयोजनामा ३१ अर्ब ७६ कराेड रुपैयाँ ऋण सहायता प्रदान गर्ने भएको छ,’ उनले भने, ‘बुधबार अर्थ मन्त्रालयमा ‘लोन एग्रिमेन्ट’ सम्पन्न भएको छ ।’

जाइकामार्फत प्राप्त हुने उक्त ऋणको ग्रेस अवधि १० वर्ष, भुक्तानी अवधि ३० वर्ष र वार्षिक ०.२ प्रतिशत ब्याजदर रहनेछ। यस आयोजनाअन्तर्गत कोटेश्वर तथा जडीबुटी खण्डमा अन्डरपास तथा फ्लाइओभर निर्माण गरिनेछ, जसले काठमाडौं, ललितपुर, भक्तपुर तथा विपि राजमार्ग हुँदै चल्ने सवारीसाधनको आवागमन सहज बनाउन तथा ट्राफिक जाम न्यूनीकरण गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। आयोजना भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागमार्फत कार्यान्वयन गरिनेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया