NIMB Header 2
Nepal Life

तनहुँको बेनीकोटमा सुन्तला बिक्री व्यस्त, भिरालो सडकले ढुवानी जोखिमपूर्ण

National Life
  • BFIS News
  • 2025 Dec 03 16:35
तनहुँको बेनीकोटमा सुन्तला बिक्री व्यस्त, भिरालो सडकले ढुवानी जोखिमपूर्ण
Sanima Reliance

तनहुँ, मंसिर १७ – जिल्लाको व्यास नगरपालिका–१३ स्थित बेनीकोटमा सुन्तला बिक्री अहिले व्यस्त छ, तर भिरालो सडकले ढुवानी जोखिमपूर्ण बनाएको छ।

Shikhar
NIMB

स्थानीय कृषक लेखबहादुर थापा का अनुसार, दिनहुँ पाँच गाडी सुन्तला जिल्लाबाट बाहिरिन्छ। “जोखिमपूर्ण बाटो भएकाले जुनसुकै बेला दुर्घटना हुनसक्ने खतरा छ,” उहाँले बताउनुभयो।

बेनीकोटका किसानहरूले व्यवसायिक रूपमा सुन्तला खेती गर्दै आएका छन्। एक घरमा कम्तिमा २० बोटदेखि बढीमा ८ सय बोटसम्म लगाइएको छ। ठेकेदार गाउँमै पुगेर फल खरिद गरी काठमाण्डौँ, चितवन, पोखरासम्म ढुवानी गर्छन्।

कृषक फलबहादुर थापा ले रु १६ लाख ५० हजार मूल्यको सुन्तला बेचेका छन् भने तारा थापा ले रु ३ लाख ८० हजार, कालबहादुर राना ले रु ४ लाखको बिक्री गरेका छन्। मनसिंह थापा ले रु २ लाख १० हजार र दिनबहादुर थापा ले रु ३ लाखको सुन्तला बेचिसकेका छन्।

स्थानीय कृषकका अनुसार, सडक असहज भए पनि ठेकेदार गाउँमै आएर खरिद गर्नाले बिक्रीमा केही सहजता भएको छ। यस वर्ष केही बोटमा रोग लागेकाले उत्पादनमा कमी आएको दीपक थापा ले बताए।

बेनीकोटका स्थानीयहरूले यस वर्ष सुन्तलाबाट करिब रु दुई करोड आम्दानी गरेका छन्। यो स्थान सदरमुकाम दमौलीबाट करिब सात किलोमिटरको दूरीमा पर्दछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया