NIMB Header 2
Nepal Life

नेपाल–जापान सहकार्यमा कोटेश्वर चोक सुधार आयोजना: ३१ अर्ब बराबरको ऋण सम्झौता हस्ताक्षर

National Life
  • BFIS News
  • 2025 Dec 03 16:37
नेपाल–जापान सहकार्यमा कोटेश्वर चोक सुधार आयोजना: ३१ अर्ब बराबरको ऋण सम्झौता हस्ताक्षर
Sanima Reliance

काठमाडौँ, मंसिर १७ – नेपाल सरकार र जापान सरकारबीच कोटेश्वर चोक सुधार आयोजना कार्यान्वयनका लागि ऋण सम्झौतामा हस्ताक्षर भएको छ। अर्थमन्त्री रामेश्वरप्रसाद खनाल को उपस्थितिमा अर्थ मन्त्रालयमा आयोजित समारोहमा हस्ताक्षर सम्पन्न भएको हो।

Shikhar
NIMB

जापानले उक्त आयोजना कार्यान्वयनका लागि ३४.५९ अर्ब जापानी येन (करिब ३१.७६ अर्ब नेपाली रुपैयाँ) बराबरको ऋण सहायता उपलब्ध गराएको छ। जाइकामार्फत प्राप्त हुने ऋणको ग्रेस अवधि १० वर्ष, भुक्तानी अवधि ३० वर्ष र वार्षिक ०.२ प्रतिशत ब्याजदर रहनेछ।

आयोजनाअन्तर्गत कोटेश्वर र जडीबुटी खण्डमा अन्डरपास र फ्लाइओभर निर्माण गरिनेछ। यसले काठमाडौँ, ललितपुर, भक्तपुर र बिपी राजमार्ग हुँदै चल्ने सवारीसाधनको आवागमन सहज बनाउन र ट्राफिक जाम न्यूनीकरणमा महत्त्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ। आयोजना भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सडक विभाग मार्फत कार्यान्वयन हुनेछ।

ऋण सम्झौतामा अर्थ सचिव डा. घनश्याम उपाध्याय र जापानी राजदूत मायदा तोरु, साथै अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख सहसचिव डा. धनीराम शर्मा र जाइका नेपालका प्रमुख प्रतिनिधि मित्सुजाकी माजुकी ले हस्ताक्षर गर्नुभएको छ।

समारोहमा अर्थमन्त्री खनाल, सहसचिव शर्मा, जाइका प्रतिनिधि माजुकी र राजदूत तोरुले द्विपक्षीय सहकार्यलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। जापानी राजदूतले कोटेश्वर चोक सुधार आयोजनाबाट उपत्यकाको यातायात व्यवस्थामा उल्लेख्य सुधार हुने विश्वास व्यक्त गर्नुभयो।

अर्थमन्त्री खनालले पनि परियोजनाले राजधानीको यातायात व्यवस्थापनमा दीर्घकालीन सुधार ल्याउने विश्वास व्यक्त गर्नुभएको छ। कार्यक्रममा अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, जापानी दूतावास तथा जाइका नेपालका वरिष्ठ अधिकारीहरू उपस्थित थिए।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया