NIMB Header 2
Nepal Life

सरकारद्वारा स्वास्थ्य मन्त्रालयका १५ निकायको संगठन–व्यवस्थापन सर्वेक्षणमा पूर्वस्वीकृति

National Life
  • BFIS News
  • 2025 Dec 03 16:40
सरकारद्वारा स्वास्थ्य मन्त्रालयका १५ निकायको संगठन–व्यवस्थापन सर्वेक्षणमा पूर्वस्वीकृति
Sanima Reliance

काठमाडौँ, मंसिर १७ – सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतका १५ वटा निकायको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गर्न पूर्वस्वीकृति दिएको छ।

Shikhar
NIMB

सोमबारको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सेवा विभाग, औषधी व्यवस्था विभाग, स्वास्थ्य बीमा बोर्ड, वीर अस्पताल, डडेलधुरा अस्पताल, गेटा अस्पताल, कान्ति अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्र (बूढानीलकण्ठ), भरतपुर अस्पताल ट्रमा सेन्टर, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, सिंहदरबार वैद्यखाना, कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र र राष्ट्रिय औषधी प्रयोगशाला को संगठन तथा व्यवस्थापन सर्वेक्षणका लागि स्वीकृति दिएको हो।

यसैगरी, बैठकले स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतम लाई भारत भ्रमणको स्वीकृति पनि दिएको छ। डा. शर्मा पुस २ देखि ४ गतेसम्म नयाँदिल्लीमा आयोजना हुने दोस्रो डब्लूएचओ ग्लोबल समिट एण्ड ट्रेडिसनल मेडिसिन एण्ड हाइलेभल मिनिष्टरियल डाइलग–वन इम्प्लिमेन्टेसन अफ दि डब्लूएचओ ग्लोबल स्ट्राटेजी, २०२५–२०३४ कार्यक्रममा भाग लिन जान लाग्नुभएको हो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया