NIMB Header 2
Nepal Life

प्याब्सन कोहलपुर रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु,

Muktinath Bank
  • BFIS News
  • 2025 Dec 03 16:44
प्याब्सन कोहलपुर रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु,
Everest Bank

खजुरा, मंसिर १७ – लुम्बिनी प्राविधिक विश्वविद्यालयका उपकुलपति प्राडा विनोदप्रसाद ढकालले खेलकुदले विद्यार्थीलाई अनुशासित र सकारात्मक बनाउने बताउनुभएको छ।

Shikhar
NIMB

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) कोहलपुरको आयोजनामा बुधबारदेखि तेस्रो प्याब्सन कोहलपुर रनिङ शिल्ड खेलकुद प्रतियोगिता खुला मैदानमा सुरु भएको हो। उद्घाटन समारोहमा प्राडा ढकालले विद्यालयहरूले विद्यार्थीलाई अध्ययनका साथै विभिन्न अतिरिक्त क्रियाकलापमा सहभागी गराउनुपर्ने जोड दिनुभयो। उहाँले भन्नुभयो, “खेलकुदमा क्रियाशील हुँदा विद्यार्थीहरुको नकारात्मकता हट्छ र सकारात्मक कुरा जागृत हुन्छ, जसले जीवनमा अनुशासन ल्याउँछ।”

उपकुलपतिले प्रतियोगितामा विद्यार्थीले अनुशासित भएर प्रदर्शन गर्नुपर्ने सुझाव दिनुका साथै यस्ता प्रतियोगिताले देशका उत्कृष्ट खेलाडी उत्पादन गर्न मद्दत पुग्ने उल्लेख गर्नुभयो।

प्रतियोगितामा लुम्बिनी प्राविधिक विश्वविद्यालयका परीक्षा नियन्त्रक जेन्टिल गौतम, प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्य, कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरी, राष्ट्रिय परीक्षा बोर्ड कोहलपुर कार्यालयका प्रमुख लक्ष्मीप्रसाद अधिकारी र वडा अध्यक्ष कल्पना शर्मा लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो।

प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुनेछ र प्याब्सनमा आबद्ध कोहलपुरका २८ विद्यालयले भाग लिएका छन्। माध्यमिक तह (९–१२)का विद्यार्थीहरू एथ्लेटिक्स र भलिबलमा, आधारभूत तह (१–८)का विद्यार्थीहरू एथ्लेटिक्स र फुटसलमा, र नर्सरी–३ तहका विद्यार्थीहरू विशेष खेलमा सहभागिता जनाउनेछन्।

माध्यमिक तहमा एथ्लेटिक्सतर्फ ५३२ र भलिबलमा ३४२ गरी ८७४ विद्यार्थी, आधारभूत तहमा एथ्लेटिक्स ४४८ र फुटसल ३९० गरी ८३८ विद्यार्थी, नर्सरी–३ तहमा १२० गरी कुल १,८३४ विद्यार्थीले प्रतियोगितामा सहभागिता जनाउनेछन्।

प्रतियोगितामा उत्कृष्ट विद्यालयले शिल्ड, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ। माध्यमिक तहमा १८ र आधारभूत तहमा १२ वटा गोल्ड मेडल प्रदान गरिने अध्यक्ष रमेश केसीले जानकारी दिनुभयो।

बुधबार बिहान रामजानकी चोकबाट सुरु भएको बृहत् ¥याली साझा चोक हुँदै खेल मैदानसम्म पुग्यो, जहाँ विद्यार्थीहरूले मार्चपास प्रदर्शन गरेका थिए।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया