Nepal Life

कस्तो हुनेछ आज देशभरको मौसम?

NMB Bank
  • BFIS News
  • 2025 Dec 05 07:43
कस्तो हुनेछ आज देशभरको मौसम?
National Life

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जनाएको छ।

Shikhar
NIMB

हाल बिहानको अवस्थाअनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहँदा अन्य अधिकांश क्षेत्रमा मौसम सफा रहेको विभागले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

यस्तै, आज राति पनि कोशी तथा गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ। बाँकी भूभागमा भने मौसम मुख्यतया सफै रहने विभागले जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया