NIMB Header 2
Nepal Life

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी विनिमय दर प्रकाशित गर्यो

Muktinath Bank
  • BFIS News
  • 2025 Dec 05 07:52
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी विनिमय दर प्रकाशित गर्यो
Everest Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि लागू हुने विदेशी मुद्राका विनिमय दर सार्वजनिक गरेको छ।

Shikhar
NIMB

बैंकले तोकेको दरअनुसार अमेरिकी डलरसहित प्रमुख अन्तर्राष्ट्रिय मुद्राहरूको खरिद तथा बिक्री दर निर्धारण गरिएको छ।

महाशाखाले प्रकाशित दरअनुसार एक अमेरिकी डलरको खरिद दर १४३ रुपैयाँ ६७ पैसा तथा बिक्री दर १४४ रुपैयाँ २७ पैसा कायम गरिएको छ।

यस्तै, एक युरोको खरिद दर १६७ रुपैयाँ ७३ पैसा र बिक्री दर १६८ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ। एक ब्रिटिस पाउण्ड स्टर्लिङको खरिद दर १९१ रुपैयाँ ८९ पैसा र बिक्री दर १९२ रुपैयाँ ६९ पैसा रहेको छ। स्विस फ्रान्कको खरिद दर १७९ रुपैयाँ ६१ पैसा तथा बिक्री दर १८० रुपैयाँ ३६ पैसा तोकिएको छ।

एक अष्ट्रेलियन डलरको खरिद दर ९४ रुपैयाँ ९७ पैसा र बिक्री दर ९५ रुपैयाँ ३७ पैसा, एक क्यानेडियन डलरको खरिद दर १०२ रुपैयाँ ८६ पैसा र बिक्री दर १०३ रुपैयाँ २९ पैसा र एक सिंगापुरियन डलरको खरिद दर ११० रुपैयाँ ९५ पैसा तथा बिक्री दर १११ रुपैयाँ ४२ पैसा कायम गरिएको छ।

त्यसैगरी, १० जापानी येनको खरिद दर ९ रुपैयाँ २९ पैसा र बिक्री दर ९ रुपैयाँ ३३ पैसा, एक चिनियाँ युआनको खरिद दर २० रुपैयाँ ३२ पैसा र बिक्री दर २० रुपैयाँ ४० पैसा निर्धारित गरिएको छ। एक साउदी रियालको खरिद दर ३८ रुपैयाँ २८ पैसा र बिक्री दर ३८ रुपैयाँ ४४ पैसा तथा एक कतारी रियालको खरिद दर ३९ रुपैयाँ ४३ पैसा र बिक्री दर ३९ रुपैयाँ ५९ पैसा तोकिएको छ।

एक थाई भाटको खरिद दर ४ रुपैयाँ ४९ पैसा र बिक्री दर ४ रुपैयाँ ५१ पैसा, एक युएई दिर्हामको खरिद दर ३९ रुपैयाँ १२ पैसा र बिक्री दर ३९ रुपैयाँ २८ पैसा, एक मलेशियाली रिङ्गिटको खरिद दर ३४ रुपैयाँ ९४ पैसा र बिक्री दर ३५ रुपैयाँ ०९ पैसा, एक दक्षिण कोरियाली वोनको खरिद दर ९ रुपैयाँ ७७ पैसा र बिक्री दर ९ रुपैयाँ ८१ पैसा रहेको छ।

एक स्विडिस क्रोनरको खरिद दर १५ रुपैयाँ ३१ पैसा र बिक्री दर १५ रुपैयाँ ३८ पैसा, एक ड्यानिश क्रोनरको खरिद दर २२ रुपैयाँ ४६ पैसा र बिक्री दर २२ रुपैयाँ ५५ पैसा कायम गरिएको छ।

त्यस्तै, एक हङकङ डलरको खरिद दर १८ रुपैयाँ ४६ पैसा र बिक्री दर १८ रुपैयाँ ५३ पैसा, एक कुवेती दिनारको खरिद दर ४६८ रुपैयाँ ४२ पैसा र बिक्री दर ४७० रुपैयाँ ३८ पैसा, एक बहरैनी दिनारको खरिद दर ३८१ रुपैयाँ ०९ पैसा र बिक्री दर ३८२ रुपैयाँ ६८ पैसा तथा एक ओमानी रियालको खरिद दर ३७३ रुपैयाँ १६ पैसा र बिक्री दर ३७४ रुपैयाँ ७२ पैसा तोकिएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार १०० भारतीय रुपैयाँको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया