NIMB Header 2
Nepal Life

एनपीएलः आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स आमनेसामने

National Life
  • BFIS News
  • 2025 Dec 05 10:23
एनपीएलः आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स आमनेसामने
Sanima Reliance

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुने भएको छ। टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल साँझ ४ बजेदेखि सुरु हुनेछ।

Shikhar
NIMB

अंकतालिकामा लुम्बिनी लायन्स चौथो स्थानमा रहेको छ। उसले खेलेका ६ मध्ये ३ खेल जित्दै ६ अंक जोडेको छ। जनकपुर बोल्ट्स भने पाँच खेल खेलेर २ अंकसहित सातौँ स्थानमा छ। जनकपुरले अहिलेसम्म एकमात्र खेलमा जित दर्ता गरेको छ।

रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्स आज प्लेअफमा स्थान सुरक्षित गर्ने लक्ष्यसहित मैदान उत्रनेछ। आजको खेलमा जित हासिल गरे लुम्बिनीको अंक ८ पुग्नेछ र उसको प्लेअफ यात्रामा मजबुत संभावना रहनेछ। तर आज पराजित भएमा अन्य टोलीको नतिजाले लुम्बिनीको प्लेअफ सम्भावना निर्धारण गर्नेछ।

पछिल्लो खेलमा जित हात पारेको जनकपुर बोल्ट्स भने लगातार दोस्रो जितको लक्ष्यसहित मैदान प्रवेश गर्नेछ। जनकपुरले बाँकी दुई खेल जित्न सकेमा ६ अंक बटुल्नेछ र प्लेअफमा पुग्ने सम्भावना रनरेटका आधारमा तय हुनेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया