NIMB Header 2
Nepal Life

एलडिसी बैठकः नेपालले वित्तीय तथा एकीकृत सहयोग विस्तारमा जोड

National Life
  • BFIS News
  • 2025 Dec 05 10:29
एलडिसी बैठकः नेपालले वित्तीय तथा एकीकृत सहयोग विस्तारमा जोड
Sanima Reliance

काठमाडौं । न्यूनतम विकसित मुलुकहरू (एलडिसी) लाई विकसित हुँदै विकासोन्मुख मुलुकमा रुपान्तरण गर्ने प्रक्रियामा समृद्ध समाज निर्माण र दिगो विकासलाई निरन्तरता दिन वित्तीय तथा एकीकृत सहयोग अत्यावश्यक भएकोमा नेपालले जोड दिएको छ।

Shikhar
NIMB

दोहामा बिहीबार आयोजित ‘न्यूनतम विकसित देशहरूको दिगो विकासका लागि विश्वव्यापी साझेदारी निर्माण’ विषयक उच्चस्तरीय छलफलमा एलडिसी समूहका अध्यक्षका रूपमा परराष्ट्र सचिव अमृतबहादुर राईले उक्त आग्रह गर्दै एलडिसी मुलुकहरूको उत्तरोत्तर विकासका लागि सहकार्य विस्तार आवश्यक रहेको बताए।

उक्त कार्यक्रम संयुक्त राष्ट्रसंघको न्यूनतम विकसित, भूपरिधिबद्ध तथा साना द्वीपीय विकासशील राष्ट्रहरूका लागि उच्च प्रतिनिधिको कार्यालय र कतार फन्डले संयुक्त रुपमा आयोजना गरिएको थियो।

परराष्ट्र मन्त्रालयका अनुसार बैठकका क्रममा परराष्ट्र सचिव राईले संयुक्त राष्ट्रसंघ प्रविधि बैंकका प्रबन्ध निर्देशक डियोदत महाराजसँग भेटवार्ता गर्दै, नेपाललाई एलडिसीबाट विकासोन्मुख श्रेणीमा उकास्ने यात्रामा बैंकबाट आवश्यक सहयोग प्राप्त हुने अपेक्षा व्यक्त गरे।

सो अवसरमा दुवै पक्षबीच प्रविधि बैंकको भूमिकासम्बन्धी विषय र सहकार्यका सम्भावनामा पनि छलफल भएको मन्त्रालयले जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया