Nepal Life

निर्वाचन आयोगद्वारा समानुपातिकतर्फ निवेदन दिन आह्वान

NMB Bank
  • BFIS News
  • 2025 Dec 05 12:56
निर्वाचन आयोगद्वारा समानुपातिकतर्फ निवेदन दिन आह्वान
National Life

काठमाडौँ, मङ्सिर १९ गते । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन इच्छुक राजनीतिक दललाई निर्वाचन आयोगले निवेदन पेस गर्न आह्वान गरेको छ।

Shikhar
NIMB

आयोगले शुक्रबार सूचना जारी गर्दै समानुपातिक प्रणालीतर्फको कार्यक्रम शनिबारदेखि सुरू हुने बताएको छ। सोही अनुसार मङ्सिर २१ गते बिहान १० बजेबाट २३ गते अपराह्न ४ बजेसम्म दलहरूले निवेदन दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ।

समानुपातिकतर्फ आवश्यक प्रक्रिया सञ्चालनका लागि आयोगले आइतबारदेखि कान्तिपथस्थित कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ। यसका लागि आयोगका सचिव महादेव पन्थलाई निर्वाचन अधिकृत तोकिएको छ।

आयोगले मङ्सिर २४ गते बिहान १० देखि अपराह्न ४ बजेसम्म निवेदन पेस गर्ने राजनीतिक दलहरूको नामावली सार्वजनिक गर्नेछ। यस्तै, आवेदन दर्ता गराएका दलले पुस १३ र १४ गते बिहान १० बजेबाट अपराह्न ४ बजेसम्म उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

आगामी फागुन २१ गते निर्धारण गरिएको निर्वाचन मितिसम्म अब ९० दिन बाँकी छ।

प्रत्यक्षतर्फ (पहिलो हुने निर्वाचित हुने प्रणाली)–
आगामी माघ ६ गते उम्मेदवारको मनोनयनपत्र दर्ता तथा प्रारम्भिक सूची प्रकाशन हुनेछ। माघ ७ गते उजुरी पेस गर्ने समय तोकिएको छ।
माघ ८ गते नामावली प्रकाशित गरिने छ भने माघ ९ गते उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन्। सोही दिन अन्तिम नामावली प्रकाशनसँगै निर्वाचन चिह्न पनि प्रदान गरिने आयोगले जनाएको छ।

आयोगले आगामी माघ ११ गतेका लागि राष्ट्रियसभा निर्वाचनको तयारी पनि अघि बढाइरहेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया