NIMB Header 2
Nepal Life

कांग्रेसद्वारा महाधिवेशनका सम्बन्धमा अन्तरक्रिया

Muktinath Bank
  • BFIS News
  • 2025 Dec 05 13:29
कांग्रेसद्वारा महाधिवेशनका सम्बन्धमा अन्तरक्रिया
Everest Bank

काठमाडौँ, मंसिर १९ गते । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टीको १५औँ महाधिवेशनलाई भव्य र सफल बनाउन पार्टीभित्रका सबै तहका नेता–कार्यकर्ता एकजुट भएर जिम्मेवारीपूर्वक अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ।

Shikhar
NIMB

पार्टीको विशेष महाधिवेशन हस्ताक्षर अभियान अन्तर्गत आज आयोजित अन्तरक्रियात्मक कार्यक्रममा उहाँले १५औँ महाधिवेशन केवल औपचारिक प्रक्रिया नभई पार्टीको भविष्य निर्धारण गर्ने महत्वपूर्ण अवसर भएको उल्लेख गर्नुभयो। नेता घिमिरेले भन्नुभयो, “हामी सबैले एकै लक्ष्य र एकै सोच लिएर अघि बढ्न सक्नुपर्छ। अहिले इमानदार, निष्ठावान् र समर्पित नेताकार्यकर्ताको सक्रियता अत्यन्त आवश्यक छ।”

उहाँले सहभागीले प्रस्तुत गरेका सुझावहरू पार्टी नेतृत्वमा पुर्‍याइने र महाधिवेशन तयारीलाई थप गतिशील बनाइने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो।

यसै क्रममा कांग्रेस नेता देवराज चालिसेले महाधिवेशन निर्धारित मितिमा नै गर्नुपर्नेमा जोड दिँदै समयमै महाधिवेशन नहुनु पार्टी हितमा नहुने बताउनुभयो। उहाँले महाधिवेशन ढिलाइ हुँदा संगठनात्मक संरचनामा विचलन आउने र अनिश्चितता बढ्ने भएकाले आन्तरिक मतभेद समाधानका लागि संवाद र लोकतान्त्रिक प्रक्रियालाई बलियो बनाउनु आवश्यक रहेको उल्लेख गर्नुभयो।

त्यसैगरी नेता नारायण भट्टराईले आफूहरूद्वारा अघि सारिएको विशेष महाधिवेशनको प्रस्ताव फिर्ता नभई केवल रोकिएको मात्र स्पष्ट पार्नुभयो। उहाँले चेतावनी दिँदै भन्नुभयो, “यदि निर्धारित मितिमा महाधिवेशन गरिएन भने विशेष महाधिवेशन प्रक्रियालाई फेरि अघि बढाउन बाध्य हुनेछौँ।”

नेपाली कांग्रेस केन्द्रीय समितिले आगामी पुस २६ देखि २८ गतेसम्म नियमित १५औँ महाधिवेशन गर्ने निर्णय गरिसकेको छ। महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन, विधान संशोधन, र पार्टीको भावी राजनीतिक दिशा–निर्देशन तय गरिने अपेक्षा गरिएको छ।

कार्यक्रममा सहभागी विभिन्न जिल्ला, क्षेत्रीय तथा भ्रातृ–संगठनका प्रतिनिधिहरूले सदस्यता नवीकरण, सभासद् चयन, आन्तरिक संगठन विस्तार र आर्थिक व्यवस्थापनलगायत विषयमा पारदर्शिता तथा चाँडोछरितो प्रक्रियाको आवश्यकता औंल्याएका थिए।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया