NIMB Header 2
Nepal Life

पूर्व–पश्चिम राजमार्ग विस्तार : १९ वटा अन्डरपास, ४ आकासेपुल निर्माणाधीन

Muktinath Bank
  • BFIS News
  • 2025 Dec 07 14:30
पूर्व–पश्चिम राजमार्ग विस्तार : १९ वटा अन्डरपास, ४ आकासेपुल निर्माणाधीन
Everest Bank

काठमाडौँ, मङ्सिर २१ गते । एसियाली विकास बैंकको ऋण सहयोगमा मेची–महाकाली छिचोल्ने पूर्व–पश्चिम राजमार्ग विभिन्न खण्डमा एसियाली राजमार्गको मापदण्डअनुसार विस्तार भइरहेको छ । काँकडभिट्टा–लौकही (९३ किमी) र कञ्चनपुर–कमला (८६.८३ किमी) खण्डमा कुल १० वटा ‘भेहिकल अन्डरपास’ र नौ वटा ‘एनिमल अन्डरपास’ को निर्माण कार्य चलिरहेको छ । पैदलयात्रीका लागि चार वटा आकासेपुल (ओभरहेड ब्रिज) पनि निर्माण हुँदैछन्।

Shikhar
NIMB

काँकडभिट्टा–लौकही खण्डमा तीन ‘भेहिकल अन्डरपास’ र एक ‘एनिमल अन्डरपास’ निर्माण भइरहेकामा चारआली, चारपाने र विर्तामोड चोकमा अन्डरपास निर्माण हुँदैछ भने चारआलीको जंगल क्षेत्रमा ‘एनिमल अन्डरपास’ निर्माण भइरहेको परियोजना प्रमुख सुनीलबाबु पन्तले जानकारी दिए।

कमला–कञ्चनपुर खण्डमा सात ‘भेहिकल अन्डरपास’, आठ ‘एनिमल अन्डरपास’ र १४ ‘पेडिस्ट्रियन अन्डरपास’ निर्माण भइरहेका छन् । दमक र इटहरी क्षेत्रमा भेहिकल अन्डरपास निर्माण भइरहेको छ भने पथरी–बेलबारी जंगल क्षेत्रमा ‘एनिमल अन्डरपास’ तयार भइसकेका छन्। सो खण्डका आयोजना प्रमुख जगत प्रजापति अनुसार आठ ‘एनिमल अन्डरपास’ मध्ये सातवटा पूरा भएका छन्।

दुवै खण्डमा निर्माण भइरहेका अन्डरपास र आकासेपुल राजमार्ग विस्तार कार्यक्रमअन्तर्गतकै प्राविधिक डिजाइनअनुसार निर्माण भइरहेका हुन् । राजमार्ग सहरी क्षेत्रमा सर्भिस लेनसहित छ लेन र वनजंगल क्षेत्र तथा कम सवारी चाप भएका क्षेत्रमा चार लेनमा विस्तार भइरहेको छ।

पूर्व–पश्चिम राजमार्ग विस्तार सम्पन्न भएपछि तराई/मधेश तथा देशको आधाभन्दा बढी जनसंख्या प्रत्यक्ष लाभान्वित हुने अपेक्षा राखिएको छ। एक हजार २७ किमी लम्बाइको यो राजमार्ग मुलुककै ‘लाइफलाइन’ मानिन्छ।

नेपालको पूर्व–पश्चिम राजमार्ग ‘एसियन हाइवे’ को रुट–२ र अरनिको राजमार्ग रुट–४२ अन्तर्गत पर्दछन्। मन्त्रालयका सचिव केशवकुमार शर्माका अनुसार दुवै राजमार्ग अहिले ‘सी क्लास’ मा रहेकाले चारलेन विस्तार र मापदण्ड पूरा भएपछि ‘ए क्लास’ मा उकासिनेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया