Nepal Life

धरानमा पिकअप पल्टिँदा एकको मृत्यु, ११ जना घाइते

NMB Bank
  • BFIS News
  • 2025 Dec 07 14:32
धरानमा पिकअप पल्टिँदा एकको मृत्यु, ११ जना घाइते
National Life

धरान, मङ्सिर २१ गते । धरान उपमहानगरपालिकामा गाडी पल्टिँदा एकजनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। भेडेटारबाट धरानतर्फ आउँदै गरेको प्र.१–०२–००२ च ३८२६ नम्बरको टाटा योद्धा पिकअप धरान–१३ स्थित गोर्खा वेल्फेयर मोड नजिक शनिबार राति पल्टिएको इलाका प्रहरी कार्यालय धरानका निमित्त प्रमुख प्रहरी निरीक्षक जिवन कुँवरले जानकारी दिए।

Shikhar
NIMB

दुर्घटनामा विराटनगर–६ का २१ वर्षीय रोहन कामतले ज्यान गुमाएका छन्। घाइते ११ जनाको धरानस्थित बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घाइते हुनेहरुमा इटहरी–५ का ४० वर्षीय सञ्जय पाल, दुहबी–९ का १९ वर्षीय एमडी एकबाल राईन, विराटनगर–७ का २६ वर्षीय रोशन कामत, इटहरी–१ का २० वर्षीय दुर्गामणि चौधरी, इटहरी–४ का १८ वर्षीय शुभम् रौनियार, इटहरी–२ का १८ वर्षीय प्रदीपकुमार दास, विराटनगर–९ का २२ वर्षीय विशाल माझी, दुहबी–६ का २१ वर्षीय आयुष चौधरी, विराटनगर–९ का २२ वर्षीय बेदा मिश्र, विराटनगर–२ का २६ वर्षीय अनु कामत र गाडी चालक उदयपुर ताप्ली–२ का २८ वर्षीय जीवनकुमार श्रेष्ठ शामिल छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया