Nepal Life

एनपिएल : लिग चरणको अन्तिम खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स आमनेसामने

NMB Bank
  • BFIS News
  • 2025 Dec 07 15:45
एनपिएल : लिग चरणको अन्तिम खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स आमनेसामने
National Life

काठमाडौँ, मङ्सिर २१ गते । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्स र साविक विजेता जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा भइरहेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेको जनकपुरले कर्णालीलाई पहिले ब्याटिङको निम्तो दिएको छ।

 

Shikhar
NIMB

प्लेअफ दौडबाट बाहिरिएका दुवै टोलीका लागि आजको खेल प्रतिष्ठाको बनेको छ। यसअघि दुवैले समान ६ खेलमध्ये एक–एक जित हात पारेका थिए।

एनपिएलका आठ टोलीमध्ये पोखरा एभेन्जर्स र चितवन राइनोज लिग चरणमै बाहिरिएका छन्। सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स क्वालिफायरमा पुगेका छन् भने काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सले एलिमिनेटरमा स्थान सुरक्षित गरेका छन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया