Nepal Life

मिड सोलु हाइड्रोपावरले १५ प्रतिशत बोनस शेयर वितरण गर्ने, पुस २१ गते डाक्यो वार्षिक साधारणसभा

NMB Bank
  • BFIS News
  • 2025 Dec 11 11:47
मिड सोलु हाइड्रोपावरले १५ प्रतिशत बोनस शेयर वितरण गर्ने, पुस २१ गते डाक्यो वार्षिक साधारणसभा
National Life

काठमाडौं। मिड सोलु हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ। उक्त प्रस्ताव पारित गर्न कम्पनीले पुस २१ गते, सोमबार, चौथो वार्षिक साधारण सभा आह्वान गरेको हो। सभा काठमाडौंको पुरानो बानेश्वरस्थित मानसरोबल पार्टी प्यालेसमा दिउँसो १ बजे सुरु हुनेछ।

Shikhar
NIMB

सभामा बोनस शेयर वितरणसँगै कर प्रयोजनका लागि ०.७८९० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव, संस्थापक समूहबाट ५ जना सञ्चालकको निर्वाचन, नयाँ लेखापरीक्षक नियुक्ति र संस्थागत सुशासन सम्बन्धी प्रतिवेदन स्वीकृत गर्ने प्रस्ताव समेत प्रस्तुत गरिने कम्पनीले जनाएको छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १३ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार पुस ९ गतेसम्म नेप्सेमा कारोबार भई नाम दर्ता भएका शेयरधनीले सभामा सहभागिता जनाउन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया