NIMB Header 2
Nepal Life

तीन वर्षमै भोटेकोशी–१ परियोजना अन्तिम चरणमा, बैशाखभित्र उत्पादन लक्ष्य

National Life
  • BFIS News
  • 2025 Dec 11 20:18
तीन वर्षमै भोटेकोशी–१ परियोजना अन्तिम चरणमा, बैशाखभित्र उत्पादन लक्ष्य
Sanima Reliance

सिन्धुपाल्चोक मंसिर २५ गते  निर्माणाधीन ४४ मेगावाट क्षमताको भोटेकोशी–१ जलविद्युत् आयोजनाको काम ८५ प्रतिशत सम्पन्न भएको छ। निर्माण सुरु भएको तीन वर्षमै आयोजना अन्तिम चरणमा पुगेको हो।

Shikhar
NIMB

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा निर्माण भइरहेको आयोजना आगामी पाँच महिनाभित्र व्यावसायिक रूपमा विद्युत् उत्पादनमा ल्याउने लक्ष्य राखिएको छ। प्रवर्द्धक इलेक्ट्रो पावर कम्पनी लिमिटेडका अनुसार मुख्य सुरुङ निर्माण सकिएको छ भने पावरहाउस क्षेत्रमा इलेक्ट्रो–मेकानिकल उपकरण जडानका काम तीव्र गतिमा चलिरहेको छ।

कम्पनीका अध्यक्ष मोहनबिक्रम कार्कीका अनुसार हाल आयोजनाको ८५ प्रतिशत भौतिक प्रगति पूरा भएको छ।
“काम निकै द्रुत गतिमा अघि बढिरहेको छ। आउँदो २०८३ बैशाखभित्र उत्पादनमा ल्याउने हाम्रो योजनाअनुसार काम अगाडि बढेको छ,” उनले बताए।

आयोजनाको पावरहाउससहित केही संरचना भूमिगत निर्माण हुँदैछ। मुख्य टनेलको ब्रेकथ्रु २०८२ भदौ ९ मा सम्पन्न भएको थियो।

नेपाल विद्युत् प्राधिकरणले परियोजनालाई २०८३ असार मसान्तसम्म व्यावसायिक उत्पादन मिति (COD) तोकेको भए पनि कम्पनीले सो म्यादभन्दा पहिले नै, बैशाखभित्रै उत्पादन सुरु गर्ने दाबी गरेको छ।

प्रतिमेगावाट २३ करोड लागत अनुमानका आधारमा आयोजनाको कुल लागत करिब १० अर्ब रुपैयाँ पुग्ने अनुमान छ। हालसम्म ८ अर्ब ६० करोड रुपैयाँ खर्च भइसकेको कम्पनीले जनाएको छ।

आयोजनामा सिभिल काम भूगोल इन्फ्रास्ट्रक्चर लिमिटेड, इलेक्ट्रो–मेकानिकल काम ग्लोबल हाइड्रो अष्ट्रिया, र हाइड्रो–मेकानिकल काम डीआरएसटी कम्पनीले गरिरहेका छन्।

निर्माण सकिएपछि १.२ किमि प्रसारण लाइनमार्फत बिजुली शिवश्री हाइड्रोपावरमार्फत बाह्रबिसे सवस्टेशनमा जोडिनेछ। बाह्रबिसे सवस्टेशन तयार भइसकेका कारण उत्पादित विद्युत् सहजै राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया