NIMB Header 2
Nepal Life

एनपीएलको चर्चा विश्वभर, नेपालको पर्यटन विकासका लागि बन्दैछ नयाँ आधारस्तम्भ

Muktinath Bank
  • BFIS News
  • 2025 Dec 12 11:16
एनपीएलको चर्चा विश्वभर, नेपालको पर्यटन विकासका लागि बन्दैछ नयाँ आधारस्तम्भ
Everest Bank

काठमाडौँ । झण्डै एक महिनादेखि सञ्चालित सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण उत्कर्षमा पुगेसँगै नेपालको क्रिकेट र पर्यटन विश्वव्यापी रूपमा आकर्षणको केन्द्र बनेको छ।

Shikhar
NIMB

करीब १५ देशका साढे तीन दर्जन विदेशी खेलाडीको सहभागितासहित भइरहेको यो लिगले नेपालप्रति अन्तर्राष्ट्रिय समुदायको चासो झन् बढाएको छ।

नेपालीहरूको क्रिकेटप्रेम त पहिले नै विश्वभर परिचित हुँदै आएको थियो। जहाँ जसरी नेपाली क्रिकेट टोली खेल्न विदेश पुगे पनि त्यहाँ नेपाली दर्शकहरूको उत्साहजनक उपस्थिति र ‘हुटिङ’ ले छुट्टै पहिचान बनाउने गरेको छ। यही कारण विश्वका थुप्रै क्रिकेट खेलाडी र विश्लेषकहरूले “समर्थक हुनु त नेपालका जस्ता” जस्ता अभिव्यक्ति प्रयोग गर्न थालेका छन्।

गत वर्षदेखि सुरु भएको एनपीएलले नेपाली क्रिकेटलाई व्यावसायिक र विश्वस्तरको प्लेटफर्म प्रदान गर्दै आएको छ। यसले स्थानीय खेलाडीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने, आधुनिक तालिम, प्राविधिक ज्ञान र ग्लोबल नेटवर्क विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याएको छ।

इन्डियन मिडिया Outlook India, अन्तर्राष्ट्रिय फोरम Reddit लगायत ब्रिटेन, अष्ट्रेलिया, पाकिस्तान, बेल्जियमसम्मका सञ्चारमाध्यमहरूले एनपीएललाई उच्च प्राथमिकताका साथ समाचार सम्प्रेषण गर्दै आएका छन्। विदेशी कमेन्टेटर, प्रशिक्षक र खेलकर्मीहरूले यसलाई ‘उदीयमान विश्वस्तरको क्रिकेट उत्सव’का रूपमा वर्णन गर्न थालेका छन्।

स्टार स्पोर्ट्सजस्ता विश्वप्रसिद्ध खेलकुद च्यानलमार्फत प्रत्यक्ष प्रसारण, अन्तर्राष्ट्रिय कमेन्टेटरको लाइभ विश्लेषण, सामाजिक सञ्जालमार्फत हाइलाइट र प्रतिक्रियाले एनपीएलको चर्चा डिजिटल मिडियामा पनि तीव्र बनेको छ। नेपाल आएका विदेशी खेलाडीहरूले नेपालको भौगोलिक सुन्दरता, संस्कृतिको विविधता र रोमाञ्चक अनुभवहरू सामाजिक माध्यममार्फत प्रचार गर्दै पर्यटन प्रवद्र्धनमा योगदान पुर्‍याइरहेका छन्।

एनपीएलले खेलकुद पर्यटनको अवधारणालाई नेपालको सन्दर्भमा अन्तर्राष्ट्रिय स्तरमै स्थापित गरिदिएको छ। लिगको प्रभावले हजारौँ विदेशी खेलप्रेमी र आगन्तुक नेपाल भित्रिन थालेका छन्, जसले होटल, रेस्टुरेन्ट, यातायातदेखि स्थानीय व्यवसायसम्मको आर्थिक गतिविधि उल्लेख्य रूपमा बढाएको छ।

यी सबै पक्षलाई हेर्दा एनपीएल अब केवल खेल प्रतियोगिता मात्र नभई—नेपालको पर्यटन, अन्तर्राष्ट्रिय छवि र समग्र अर्थतन्त्र सुदृढीकरणको नयाँ आधारस्तम्भका रूपमा उभरिरहेको स्पष्ट देखिन्छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया