एनपीएलले विश्वलाई नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री
- BFIS News
- 2025 Dec 13 11:57
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग (एनपीएल) ले नेपाल शान्त, सुन्दर र सक्षम राष्ट्र भएको सन्देश विश्वभर पुर्याएको बताएकी छन् ।
आज मंसिर २७ गते हुने एनपीएलको फाइनल खेलमा प्रतिस्पर्धा गर्ने सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सलाई प्रधानमन्त्री कार्कीले शुभकामना व्यक्त गरेकी हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत दुवै टोलीको सफलताको कामना गरेकी छन् ।
प्रधानमन्त्री कार्कीले एनपीएललाई राष्ट्रिय उत्सवको रूपमा उल्लेख गर्दै यसले सिंगो देशलाई एकताबद्ध र जागरूक बनाएको बताएकी छन् । उनले भनेकी छन्, “यस उत्सवले सिंगो देशलाई जिताएको छ, जगाएको छ । सारा नेपालीलाई जोड्दै, सुरक्षा सम्बन्धी संशय चिर्दै नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश विश्वभर पुर्याएको छ ।”
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)


















प्रतिक्रिया