NIMB Header 2
Nepal Life

सुनको मूल्यले बनायो ऐतिहासिक रेकर्ड, प्रतितोला २ लाख ६० हजार ७०० रुपैयाँ पुग्यो

National Life
  • BFIS News
  • 2025 Dec 15 11:21
सुनको मूल्यले बनायो ऐतिहासिक रेकर्ड, प्रतितोला २ लाख ६० हजार ७०० रुपैयाँ पुग्यो
Sanima Reliance

काठमाडौं। सोमबार नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। यस दिन सुनको मूल्यले हिजो आइतबार बनाएको रेकर्ड तोड्दै ऐतिहासिक उच्च विन्दुमा पुगेको हो।

Shikhar
NIMB

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ९०० रुपैयाँले बढेर २ लाख ६० हजार ७०० रुपैयाँ कायम भएको छ। आइतबार भने यस्तो सुन प्रतितोला २ लाख ५८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। यससँगै सुनको मूल्यले यसअघि २०२५ अक्टोबर १७ मा बनाएको रेकर्डसमेत पार गरेको महासंघले जनाएको छ।

त्यसैगरी तेजाबी सुनको मूल्य पनि बढेको छ। सोमबार तेजाबी सुन प्रतितोला २ लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिनको २ लाख ५८ हजार १०० रुपैयाँको तुलनामा १ हजार ९०० रुपैयाँले बढी हो।

यस दिन चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आइतबार प्रतितोला ३ हजार ८२५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार ४५ रुपैयाँले बढेर ३ हजार ८७० रुपैयाँ पुगेको छ। यो हालसम्मकै उच्च मूल्य भएको महासंघले जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया