NIMB Header 2
Nepal Life

नेपाल क्लियरिङ्ग हाउस लि.को चौधौँ वार्षिक साधारण सभा सम्पन्न

National Life
  • BFIS News
  • 2025 Dec 18 20:43
नेपाल क्लियरिङ्ग हाउस लि.को चौधौँ वार्षिक साधारण सभा सम्पन्न
Sanima Reliance

काठमाडौं। नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आ.व. २०८१/८२ को आफ्नो चौधौँ वार्षिक साधारण सभा मिति ३ पुस २०८२ (१८ डिसेम्बर २०२५) मा काठमाडौंमा सम्पन्न गरेको छ । बैठकले लेखापरीक्षण प्रतिवेदन सहितको २०८२ आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद–प्रवाह विवरण स्वीकृत गर्नुका साथै १५% बोनस शेयर र कर प्रयोजनका लागि ०.७८९% नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

Shikhar
NIMB

यस पश्चात एनसीएचएलको चुत्ता पुँजी रु.  १,४५,८५,११,५०० बराबरको हनेछ । कम्पनीले पूँजी वृद्धी मार्फत नेशनल पेमेन्ट स्वीच, नेशनल तथा क्रस बोर्डर कारोबारका लागि थप भुक्तानी प्रणाली विकास गर्ने, जोखिम व्यवस्थापनलाई सुढृढ बनाउने र सञ्चालनमा रहेका पूर्वाधारहरुको स्तरोन्नतीका लागि प्रयोग गर्नेछ ।  

आ.व. २०८१/८२ मा एनसीएचएलको भुक्तानी प्रणालीहरु मार्फत कुल १८६ खर्ब बराबरको २१.१२ करोड भुक्तानी कारोबारहरु राफसाफ भएको थियो । उक्त आर्थिक वर्षमा कम्पनीबाट फछ्र्यौट भएका कारोबारहरुको संख्या ६७% ले बृद्धि भएसँगै कम्पनीको खुद नाफा ४% ले वृद्धी भएको छ । 

बैठकले कम्पनीको सञ्चालक समितिमा दुई जना सञ्चालकहरु निर्विरोध रुपमा निर्वाचित गरेको छ । विकास बैंकहरुबाट प्रतिनिधित्व गर्दै एनसीएचएलको सञ्चालक समितिमा सांग्रिला डेभलपमेन्ट बैंक लि.का नायव प्रमुख कार्यकारी अधिकृत उमेश सिंह भण्डारी तथा फाइनान्स कम्पनीहरुबाट प्रतिनिधित्व गर्दै आई.सि.एफ.सि. फाइनान्स लि.का नायव महाप्रबन्धक लक्ष्मण प्रसाद जैसी निर्वाचित ‍भएका छन् ।

एनसीएचएलको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकको १ जना, वाणिज्य बैंकहरुबाट ३ जना, विकास बैंकहरु, फाइनान्स कम्पनीबाट र स्वतन्त्र गरी क्रमशः १–१ जना रहेका छन् । एनसीएचएलमा नेपाल राष्ट्र बैंकको ९.४५% र बैंक तथा वित्तीय संस्थाहरुको ९०.५५% स्वामित्व रहेको छ । 

वार्षिक साधारण सभाबाट नेपालपे कार्डको Closed User Group (CUG) Commercial Go-Live पनि घोषणा गरिएको छ । सभाको विविध प्रस्ताव अन्तर्गत सो घोषणा गरिएको हो । नेशनल कार्ड स्कीम अन्तर्गत सुरुवात गरिएको सो नेपालपे कार्डको हाल दुइ वटा बैंक वित्तीय संस्था मार्फत इस्यूइङ्ग तथा १२ वटा बैंक वित्तीय संस्थाबाट अक्वयरिङ्गको कार्य सुरु भएको छ ।  

एनसीएचएलले आफ्नो पुनः लगानीको अवधारणा अनुरुप नेपालमा विभिन्न राष्ट्रिय स्तरका भुक्तानी प्रणालीहरु स्थापना तथा सञ्चालन गर्दै डिजिटल भुक्तानीको क्षेत्रमा अतुलनीय योगदान पुर्याउँदै आएको छ । एनसीएचएलमा हाल ५४ सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा १०० भन्दा बढि गैर–बैंकिङ्ग संस्थाहरु क्ष्लमष्चभअतरत्भअजलष्अब िःझदभच को रुपमा आवद्ध छन् । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया