NIMB Header 2
Nepal Life

सिटिजन्स सन्तुलित योजनामा २५ प्रतिशत बढी आवेदन, लगानीकर्ताको उत्साजनक सहभागिता

National Life
  • BFIS News
  • 2026 Jan 05 15:27
सिटिजन्स सन्तुलित योजनामा २५ प्रतिशत बढी आवेदन, लगानीकर्ताको उत्साजनक सहभागिता
Sanima Reliance

काठमाडौं। सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी र सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड कोष प्रवर्द्धक रहेको सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने रु. १ अर्ब आकारको चौथो बन्दमुखी योजना “सिटिजन्स सन्तुलित योजना” को इकाई बिक्रीमा उल्लेखनीय माग देखिएको छ।

Shikhar
NIMB

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त भई यही मिति २०८२ पौष ४ गतेदेखि पौष १८ गतेसम्म सार्वजनिक निष्काशन तथा बिक्री खुला गरिएको उक्त योजनामा प्रारम्भिक विवरणअनुसार सर्वसाधारण तथा संस्थागत लगानीकर्ताबाट रु. १ अर्ब २५ करोडभन्दा बढीको आवेदन परेको छ। यो माग योजना आकारभन्दा करिब २५ प्रतिशत बढी हो।

सिटिजन्स क्यापिटल लिमिटेडबाट सञ्चालन भएका म्युचुअल फण्डहरूमध्ये बढी आवेदन प्राप्त गर्ने योजनामध्ये यो पनि एक हुन सफल भएको छ। योजनाप्रति आम लगानीकर्ताहरूको आकर्षण र उल्लेखनीय सहभागिताले सिटिजन्स क्यापिटल लिमिटेडलाई नेपालको पूँजी बजारमा एक दक्ष, व्यवसायिक तथा विश्वसनीय संस्थाको रूपमा स्थापित गराएको प्रतिबिम्बित गरेको कम्पनीको भनाइ छ।

सिटिजन्स क्यापिटल लिमिटेड सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको सहायक कम्पनी हो। कम्पनीमा कर्मचारी सञ्चय कोष तथा प्रतिष्ठित उद्योगी–व्यवसायीहरूको समेत लगानी रहेको छ। कम्पनीका अध्यक्ष राजेन्द्र लाल श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ रहनु भएको छ।

कम्पनीले योजना व्यवस्थापक तथा डिपोजिटरी, लगानी व्यवस्थापन सेवा, धितोपत्र प्रत्याभूति, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक, शेयर रजिष्ट्रार सेवा तथा संस्थागत परामर्श सेवा जस्ता विभिन्न सेवाहरू प्रदान गर्दै आइरहेको छ।

सिटिजन्स क्यापिटल लिमिटेडले आगामी दिनहरूमा पनि पारदर्शिता, सुशासन र लगानी जोखिम व्यवस्थापनमा निरन्तर सुधार गर्दै प्रविधिमैत्री तथा लगानीमैत्री सेवाहरू मार्फत लगानीकर्तालाई विश्वसनीय र प्रतिस्पर्धी सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। साथै, निकट भविष्यमा विभिन्न प्रकृतिका सामूहिक लगानी कोषका नयाँ योजनाहरू सञ्चालन गर्ने तथा हाल सञ्चालनमा रहेका योजनाहरूमा प्रभावकारी लगानी व्यवस्थापनमार्फत उच्च प्रतिफल प्रदान गर्ने उद्देश्यका साथ कार्यरत रहने कम्पनीले जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया