NIMB Header 2
Nepal Life

नेपाल लाइफ समृद्धि लगानी योजना माघ ४ गतेदेखि सार्वजनिक निष्काशन हुने

National Life
  • BFIS News
  • 2026 Jan 07 11:20
नेपाल लाइफ समृद्धि लगानी योजना माघ ४ गतेदेखि सार्वजनिक निष्काशन हुने
Sanima Reliance

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडले माघ ४ गतेदेखि सामूहिक लगानी कोष नेपाल लाइफ समृद्धि लगानी योजना को इकाई सार्वजनिक निष्काशनमा ल्याउने भएको छ।

Shikhar
NIMB

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा कुल एक अर्ब ६० करोड रुपैयाँ बराबरको १६ करोड इकाई बिक्री गर्न लागेको हो। नेपाल लाइफ म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यो योजना १० वर्षे बन्दमुखी प्रकृतिको रहेको छ।

निष्काशन गरिने कुल १६ करोड इकाईमध्ये न्यूनतम १५ प्रतिशत अर्थात् २ करोड ४० लाख इकाई सुरक्षित गरिएको छ। सुरक्षित इकाईमध्ये १४ प्रतिशत अर्थात् २ करोड २४ लाख इकाई कोष प्रवर्धक कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका लागि र १ प्रतिशत अर्थात् १६ लाख इकाई योजना व्यवस्थापकका लागि छुट्याइएको छ। बाँकी १३ करोड ६० लाख इकाई सर्वसाधारण लगानीकर्ताका लागि बिक्रीमा ल्याइनेछ।

लगानीकर्ताले योजनामा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड ६० लाख इकाईसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। योजनाको इकाईमा माघ ८ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त अवधिमा सबै इकाई बिक्री नभएमा माघ १८ गतेसम्म आवेदन खुला रहने क्यापिटलले जनाएको छ।

योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल लाइफ क्यापिटल लिमिटेड रहेको छ। इकाई खरिदका लागि लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एण्ड क्लियरिङ लिमिटेडद्वारा सञ्चालनमा ल्याइएको ‘मेरो शेयर’ सफ्टवेयर प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत अनलाइन आवेदन दिन पनि सकिनेछ।

म्युचुअल फण्ड निष्काशनका लागि गराइएको रेटिङमा क्रेडिट रेटिङ संस्था इक्रा रेटिङ नेपालले कोष प्रवर्धकलाई इक्राएनपी इस्यूअर रेटिङ डबल ए माइनस प्रदान गरेको छ भने योजना व्यवस्थापकलाई इक्राएनपी एएमसी क्वालिटी–३ रेटिङ प्रदान गरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया