NIMB Header 2
Nepal Life

शिखर पावरले माघ ६ गतेदेखि आईपीओ निष्काशन गर्ने, प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीले पाउने

National Life
  • BFIS News
  • 2026 Jan 07 11:30
शिखर पावरले माघ ६ गतेदेखि आईपीओ निष्काशन गर्ने, प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीले पाउने
Sanima Reliance

काठमाडौं। शिखर पावर डेभलपमेन्ट लिमिटेडले माघ ६ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई लक्षित गर्दै आईपीओ निष्काशन गर्न लागेको हो।

Shikhar
NIMB

कम्पनीले जारी पूँजी ९८ करोड रुपैयाँको ३२.६५ प्रतिशत अर्थात ३२ करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको छ। सोमध्ये जारी पूँजीको १० प्रतिशत अर्थात ९ करोड ८० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ९ लाख ८० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि निष्काशन गरिँदैछ।

आयोजना प्रभावित क्षेत्रअन्तर्गत बागलुङ जिल्लाको बडिगाड गाउँपालिका वडा नं. १ देखि १० सम्मका सम्पूर्ण वडाहरु तथा आयोजनाको विद्युत प्रसारण लाइनबाट प्रभावित ढोरपाटन नगरपालिका वडा नं. २ का स्थानिय बासिन्दाहरुले उक्त शेयरका लागि आवेदन दिन सक्नेछन्।

यसैगरी, सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने २ करोड २२ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका २ लाख २२ हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिँदैछ।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि निष्काशन छिटोमा माघ २० गते र ढिलोमा फागुन ८ गते बन्द हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने माघ ९ गतेभित्र आवेदन दिनुपर्नेछ भने सो अवधिमा पर्याप्त आवेदन नपरेमा म्याद माघ २० गतेसम्म लम्बिनेछ।

आईपीओ निष्काशन प्रयोजनका लागि गरिएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी’ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले सञ्चालन गरेको ४.९६ मेगावाट क्षमताको भिमखोला साना जलविद्युत आयोजनाको कुल लागत १ अर्ब १९ करोड ९४ लाख ३५ हजार ८३९ रुपैयाँ रहेको छ। आयोजनाको प्रतिमेगावाट लागत २४ करोड १८ लाख २१ हजार ७४१ रुपैयाँ ७० पैसा रहेको छ। यस आयोजनाको विद्युत उत्पादन अनुमतिपत्रको अवधि २९.०८ वर्ष बाँकी रहेको छ। साधारण लगानी फिर्ता हुने अवधि ८.९२ वर्ष र डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १३.६४ वर्ष रहेको कम्पनीले जनाएको छ। आयोजनाबाट २०८१ फागुन २५ गतेदेखि व्यवसायिक उत्पादन सुरु भइसकेको छ।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुले बिक्री प्रबन्धकसहित ग्लोबल आइएमई बैंकका बुर्तिवाङ र बागलुङ बजार शाखा, प्रभु बैंकको बडिगाड शाखा, गरिमा विकास बैंकको बुर्तिवाङ शाखा तथा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको बुर्तिवाङ शाखाबाट आवेदन दिन सक्नेछन्। स्थानिय बासिन्दाले दरखास्त फाराम प्राप्त गर्न २ रुपैयाँ प्रति दरखास्त शुल्क बुझाउनुपर्नेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयमार्फत सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया