एभरेष्ट बैंकद्वारा ग्लोबल मनि विक २०२६ को अवसरमा सप्ताहव्यापी वित्तीय सचेतना कार्यक्रम सम्पन्न
- BFIS News
- 2026 Mar 23 19:00
काठमाडौं । एभरेष्ट बैंक ले Global Money Week–2026 को अवसर पारेर देशभर सप्ताहव्यापी रूपमा विभिन्न वित्तीय सचेतनामूलक कार्यक्रमहरू आयोजना गरी सफलतापूर्वक सम्पन्न गरेको छ।
नेपाल राष्ट्र बैंक को संयोजनमा आयोजित उक्त कार्यक्रम विगत वर्षहरूझैं यस वर्ष पनि चैत २ गतेदेखि चैत ८ गतेसम्म सञ्चालन गरिएको बैंकले जनाएको छ।
कार्यक्रमअन्तर्गत बैंकले सातै प्रदेशका आफ्ना शाखाहरूमार्फत विभिन्न विद्यालय तथा क्याम्पसहरूमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको थियो। यी कार्यक्रममार्फत ३,००० भन्दा बढी विद्यार्थीहरूलाई वित्तीय सचेतनाको सन्देश प्रवाह गरिएको बैंकले जानकारी दिएको छ। साथै, केही विद्यार्थीहरूलाई बैंक शाखाको प्रत्यक्ष अवलोकन गराई बैंकिङ सेवाबारे व्यावहारिक जानकारी समेत प्रदान गरिएको थियो।
‘Smart Money Talks’ भन्ने नाराका साथ सञ्चालन गरिएका कार्यक्रमहरूमा युवाहरूलाई वित्तीय ज्ञान, सीप तथा सकारात्मक मनोवृत्ति विकासमा जोड दिइएको थियो। साथै वित्तीय समावेशीकरण, सुरक्षित डिजिटल कारोबार, बैंकिङ सेवाहरूको प्रयोग तथा अपनाउनुपर्ने सावधानीहरूबारे पनि विस्तृत जानकारी गराइएको थियो।
एभरेष्ट बैंकका अनुसार हालसम्म बैंकसँग करिब १४ लाखभन्दा बढी ग्राहक आबद्ध रहेका छन्। देशभर १३३ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय र १६३ वटा एटिएम सञ्चालनमा रहेका छन्।
बैंकले आधुनिक मोबाइल, इन्टरनेट तथा एसएमएस बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ भने नेपाल सरकारको राजस्व सङ्कलनका लागि ३३ वटा सङ्कलन केन्द्रमार्फत पनि सेवा प्रदान गर्दै आइरहेको छ। साथै, अन्तर्राष्ट्रिय पहुँच विस्तार गर्दै बैंकले भारतको नयाँ दिल्ली लगायत अन्य मुलुकमा प्रतिनिधि कार्यालय स्थापना गरी सेवा विस्तार गरेको जनाएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)











.jpg)





प्रतिक्रिया