NIMB Header 2
Nepal Life

नेपाल सेयरधनी संघको अध्यक्षमा घनश्याम पाण्डे पुनः निर्वाचित, १३ जनाको कार्यसमिति निर्माण

Muktinath Bank
  • BFIS News
  • 2026 Jan 11 07:39
नेपाल सेयरधनी संघको अध्यक्षमा घनश्याम पाण्डे पुनः निर्वाचित, १३ जनाको कार्यसमिति निर्माण
National Life

काठमाडौं। नेपाल सेयरधनी संघको अध्यक्षमा घनश्याम पाण्डे पुनः दोस्रो तथा अन्तिम कार्यकालका लागि निर्वाचित भएका छन्। संघको दोस्रो अधिवेशन एवं तेस्रो साधारण सभा २०८२ साल पौष २५ गते काठमाडौंको बानेश्वरमा सम्पन्न भएको हो।

Shikhar
NIMB

अधिवेशनले पाण्डेलाई आगामी दुई वर्षका लागि अध्यक्षको जिम्मेवारी सुम्पिएको हो। पुनः निर्वाचित भएपछि अध्यक्ष पाण्डेले पूँजी बजारको सुधार, लगानीकर्ताको हकहित संरक्षण तथा सशक्त संगठन निर्माणका लागि सक्दो योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले सबै लगानीकर्ता संघसंस्था तथा लगानीकर्तासँग आगामी दिनमा अझ सहकार्य गर्दै अघि बढ्ने बताए।

संस्थाका अध्यक्ष घनश्याम पाण्डेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख चुडामणि चापागाईं प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, विशिष्ट अतिथिहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। शुभकामना दिने व्यक्तित्वहरूमा प्रकाश रजौरे, हरिबहादुर केसी, दीपक कार्की, ऋतुजंग जिसी, तपराज जोशीलगायत रहेका थिए।

अवसरमा अध्यक्ष पाण्डेले संघको स्थापनादेखि हालसम्म ३० महिनाको अवधिमा सम्पन्न भएका उल्लेख्य गतिविधिहरूको विवरण प्रस्तुत गरेका थिए। कार्यक्रम उपाध्यक्ष कमलराज अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको थियो भने प्रमुख अतिथि चापागाईंले संघको उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना मन्तव्य व्यक्त गरे।

उद्घाटन समारोहपछि सम्पन्न बन्दसत्रमा अध्यक्षको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति, भावी कार्ययोजना तथा रणनीति, विधान संशोधनलगायत विषयमा छलफल गरी अधिवेशनले सबै प्रस्तावहरू अनुमोदन गरेको थियो। साधारण सभाको सञ्चालन महासचिव सुरज खड्काले गरेका थिए भने आय–व्यय विवरण कोषाध्यक्ष खोमनाथ प्याकुरेलले प्रस्तुत गरेका थिए। सो अवसरमा आजीवन सदस्यहरूलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो।

निर्वाचन समितिका संयोजक हरिबहादुर केसीको नेतृत्वमा भएको निर्वाचन प्रक्रियाबाट आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन भएको घोषणा गरिएको थियो

 अध्यक्ष पदमा घनश्याम पाण्डे सँगै उपाध्यक्षमा कमलराज अधिकारी, महासचिवमा सुरज खड्का, सचिवमा भुवन ढुङ्गाना, कोषाध्यक्षमा खोमनाथ प्याकुरेल, सह–कोषाध्यक्षमा ओमकृष्ण श्रेष्ठ निर्वाचित भएका छन्।

सदस्यहरूमा एलपी शाह, डम्बर (विकास) श्रेष्ठ, सम्झना ढुङ्गाना निरौला, रामेश्वर वाग्ले, रूपा मानन्धर, बिन्दा खत्री, रामबहादुर जिसीलगायत गरी १३ सदस्यीय कार्यसमिति चयन गरिएको छ।

निर्वाचित सबै पदाधिकारी तथा सदस्यलाई निर्वाचन समितिका संयोजक हरिबहादुर केसी, सदस्य राजु प्रसाद पौडेल र कमलराज उप्रेतीले शपथग्रहण गराई खादा, प्रमाणपत्र वितरण सहित बधाई दिएका थिए।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया