महोत्तरी–३ मा ३९ उम्मेदवारको जमानत जफत, उज्ज्वल झा विजयी
- BFIS News
- 2026 Mar 08 12:21
जलेश्वर, फागुन २४ गते। महोत्तरी निर्वाचन क्षेत्र नं. ३ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार उज्ज्वल झा विजयी हुनुभएको छ। उनका निकटतम प्रतिद्वन्द्वी बाहेक अन्य ३९ उम्मेदवारले आवश्यक मत नपाएपछि जमानत जफत भएका छन्।
निर्वाचन अधिकृत माधवप्रसाद अधिकारीका अनुसार कुल सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याउने उम्मेदवारको जमानत जफत हुने कानुनी प्रावधानअनुसार ५९ हजार ४७८ सदर मतमध्ये कम्तीमा ५ हजार ९४८ मत आवश्यक थियो।
अन्तिम मतपरिणामअनुसार उज्ज्वल झाले ३२ हजार ४५१ मत प्राप्त गर्नुभएको छ भने निकटतम प्रतिद्वन्द्वी मोहम्मद रिजवानले ५ हजार ९६९ मत प्राप्त गर्नुभएको छ।
स्वतन्त्र उम्मेदवार रामआधार कापर ४ हजार ७९०, नेपाली कांग्रेसका बजरंग नेपाली ४ हजार ३४२, जनता समाजवादी पार्टीकी मिनाक्षी ठाकुर ३ हजार ९३९, स्वतन्त्र उम्मेदवार हरिनारायण यादव ३ हजार ५३१ र नेकपा (एमाले) का मनोज सिंह १ हजार ५१६ मतसहित जमानत जोगाउन असफल भए।
अन्य धेरै उम्मेदवारले हजार मतसमेत प्राप्त गर्न सकेनन्, जसमा नेपाल कम्युनिष्ट पार्टीका राजकिशोर साह २४३, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेश्वर राय २२३ र अन्य साना दल तथा स्वतन्त्र उम्मेदवारहरू पनि परेका छन्। निर्वाचन क्षेत्र नं. ३ मा कुल १५ दल र २६ स्वतन्त्र गरी ४१ उम्मेदवार प्रतिस्पर्धामा थिए।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)
















प्रतिक्रिया