NIMB Header 2
Nepal Life

सानिमा बैंक नेशनल कार्ड स्वीच अन्तर्गतको नेपाल पे कार्डमा आवद्ध

Muktinath Bank
  • BFIS News
  • 2026 Jan 12 18:10
सानिमा बैंक नेशनल कार्ड स्वीच अन्तर्गतको नेपाल पे कार्डमा आवद्ध
National Life

काठमाडौं। सानिमा बैंक र एनसीएचएल बीच NPS-NCS तथा National Card Scheme (नेपाल पे काड) को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ । यस औपचारिक कार्यक्रममा उक्त सम्झौतापत्रमा दुवै कम्पनीको उच्च पदाधिकारीको उपस्थितिमा हस्ताक्षर तथा आदानप्रदान भएको छ ।

Shikhar
NIMB

उक्त सम्झौता पश्चात, NPS-NCS मा बैंकको स्वीच इन्टिग्रेसन गरिसकेपछि आफ्‌नो ग्राहकहरुलाई नेपाल पे कार्ड जारी गर्न तथा NEPALPAY को कारोबार अक्वायर गर्न सक्नेछ । हालसम्म NPS-NCS मा अन्य ३३ वटा बैंक वित्तीय संस्थाहरु प्रिन्सिपल मेम्बरको रुपमा आवद्ध भइसकेका छन्, जसमध्ये १२ वटा बैंक वित्तीय संस्थाहरुले लाइभ अपरेसन शुरु गरिसकेका छन् ।

एनसीएचएलले हालै NEPALPAY Card को व्यवसायीक रोलआउट शुरु गरिसकेको छ र अन्तराष्ट्रिय नेटवर्क डिस्कभरसँगको सहकार्यमा नेपाल पे कार्ड विश्वव्यापी रुपमा प्रयोग गर्न सकिने भएको छ । नेशनल पेमेन्ट स्विच अन्तर्गत नेपाल पे सञ्चालनमा आएसँगै बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवाप्रदायक र भुक्तानी प्रणाली सञ्चालकले जारी गर्ने नेपाल पे कार्डहरू नेपाल तथा विश्वव्यापी रूपमा एटीएम र पीओएस टर्मिनलमा प्रयोग गर्न सकिने भएको छ ।

NPS-NCS लाई विभिन्न कार्ड स्विचहरु बीच अन्तरआबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारहरुको राउटिङ्ग र सेटलमेन्टको लागि एक सेन्ट्रल कार्ड स्विचको रुपमा स्थापना भएको हो । उक्त प्रणालील गर्दा डोमेस्टिक कार्ड कारोबारहरूको लागत घटाउने, डाटा लोकलाइजेशन सुनिश्चित हुने र डिजिटल इकोसिस्टममा नवीनतम उपकरणहरुको विकास तथा प्रवर्द्धन हुने अपेक्षा गरिएको छ । NPS-NCS र NEPALPAY Card को कार्यान्वयनले नेपालको कार्ड इकोसिस्टमलाई थप उचाँईमा पुऱ्याउने अपेक्षा गरिएको छ ।

हरेक बैंकले कार्ड सम्बन्धी विभिन्न प्रोडक्छ तथा सेवाहरु विस्तार गर्न आफ्नो कार्ड स्वीच समेत सञ्चालनमा ल्याएको छ । नेपालका अग्रणी बैंकहरु मध्येको सानिमा बैंकले देश भरी रहेका १०६ वटा शाखा, २८ विस्तारित काउन्टर तथा १२७ एटीएम टर्मिनल मार्फत ग्राहकवर्गहरुलाई अत्याधुनिक बैंकिङ्ग तथा वित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया