NIMB Header 2
Nepal Life

पाल्पा सिमेन्ट इण्डष्ट्रिजको वैदेशिक नेपालीका लागि आईपीओ आज बन्द हुने

Muktinath Bank
  • BFIS News
  • 2026 Jan 14 12:04
पाल्पा सिमेन्ट इण्डष्ट्रिजको वैदेशिक नेपालीका लागि आईपीओ आज बन्द हुने
National Life

काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रिज प्राइभेट लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) आज पौष ३०, २०८२ मा बन्द हुँदैछ। कम्पनीले उक्त आईपीओ पौष २५, २०८२ देखि खुला गरेको थियो।

Shikhar
NIMB

कम्पनीको जारी पुँजी ३ अर्ब ७५ करोड रुपैयाँ रहेको छ। यसमध्ये २० प्रतिशत अर्थात् ७५ लाख कित्ता सेयर सर्वसाधारणलाई निष्कासन गरिँदैछ। कुल निष्कासित पुँजीमध्ये ५ प्रतिशत अर्थात् १८ लाख ७५ हजार कित्ता सेयर (१८ करोड ७५ लाख रुपैयाँ बराबर) पश्चिम नवलपरासी (साविक नवलपरासी जिल्ला) का परियोजनाबाट प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याइएको छ। बाँकी १५ प्रतिशत अर्थात् ५६ लाख २५ हजार कित्ता सेयर भने आगामी दिनमा सर्वसाधारणलाई निष्कासन गरिनेछ।

सर्वसाधारण समूहअन्तर्गतको ५६ लाख २५ हजार कित्तामध्ये १० प्रतिशत अर्थात् ५ लाख ६२ हजार ५ सय कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि छुट्याइएको हो, जसको निष्कासन आजबाट बन्द हुन लागेको हो।

परियोजनाबाट प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

सीडीएससीका अनुसार हालसम्म ७५ हजार ५०८ जना आवेदकबाट १३ लाख ४० हजार २१० कित्ताका लागि आवेदन परेको छ। यससँगै यो निष्कासन २.३८ गुणाले ओभरसब्सक्राइब भइसकेको छ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड नियुक्त गरिएको छ।

यसैबीच, इक्रा नेपालले पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेड (पीसीआईएल) को दीर्घकालीन कर्जा सीमा लागि [ICRANP] LBB र अल्पकालीन कर्जा सीमा लागि [ICRANP] A4 रेटिङ पुनः पुष्टि गरेको छ। साथै, कम्पनीको रेटिङलाई ‘वाच विथ नेगेटिभ इम्प्लिकेसन’ बाट हटाइएको छ।

२००९ मा स्थापना भएको पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेड एक ग्रीनफिल्ड सिमेन्ट उत्पादन कम्पनी हो। कम्पनीले अप्रिल २०१९ मा क्लिंकर र जनवरी २०२० देखि सिमेन्ट उत्पादन सुरु गरेको हो। नवलपरासीको सुनवलमा अवस्थित उद्योग र पाल्पाको रहवासमा रहेको खानीमार्फत कम्पनीले वार्षिक ५.९ लाख मेट्रिक टन क्लिंकर र ७.३ लाख मेट्रिक टन सिमेन्ट उत्पादन क्षमता राखेको छ। भर्टिकल रोलिङ मिल (VRM) प्रविधि प्रयोग गर्ने यो उद्योग आरएमसी ग्रुप अन्तर्गत सञ्चालनमा रहेको छ। कम्पनीको दर्ता कार्यालय काठमाडौंको थापाथलीमा रहेको छ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया