NIMB Header 2
Nepal Life

धितोपत्र बजारमा प्रणालीगत जोखिम न्यूनीकरणका लागि सेबोनको समन्वयात्मक बैठक सम्पन्न

National Life
  • BFIS News
  • 2026 Jan 14 16:34
धितोपत्र बजारमा प्रणालीगत जोखिम न्यूनीकरणका लागि सेबोनको समन्वयात्मक बैठक सम्पन्न
Sanima Reliance

काठमाडौं । नेपालको धितोपत्र बजारमा प्रणालीगत जोखिम न्यूनीकरण गर्ने उद्देश्यले नेपाल धितोपत्र बोर्ड (सेबोन) को आयोजनामा समन्वयात्मक बैठक सम्पन्न भएको छ। मिति २०८२ पौष ३० गते बोर्डको कार्यालय खुमलटार, ललितपुरमा सम्पन्न उक्त बैठकमा धितोपत्र बजारका प्रमुख सरोकारवाला निकायहरूको सहभागिता रहेको थियो।

Shikhar
NIMB

बैठकमा नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से), सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) तथा स्टक ब्रोकर्स एशोसिएशन अफ नेपालका प्रमुखहरू तथा प्रतिनिधिहरू उपस्थित थिए। बैठकमा सेटलमेन्ट ग्यारेन्टी फन्डको सञ्चालन संरचना, कोष व्यवस्थापन प्रक्रिया तथा कार्यान्वयनका लागि अपनाउनुपर्ने कार्यहरूको समयसीमा सहितको कार्ययोजनाबारे विस्तृत छलफल गरिएको थियो।

सेटलमेन्ट सुनिश्चितता सुदृढ गर्ने र लगानीकर्ताको विश्वास अभिवृद्धि गर्ने उद्देश्यले बैठकमा जोखिम व्यवस्थापन, डिफल्ट व्यवस्थापन तथा सम्बन्धित निकाय र धितोपत्र व्यवसायीहरूको भूमिकाका विषयमा सरोकारवालाहरूले आ–आफ्ना धारणा राखेका थिए।

बजारको स्थायित्व सुनिश्चित गर्न तथा लगानीकर्ताको हित संरक्षणका लागि सेटलमेन्ट ग्यारेन्टी फन्डको प्रभावकारी कार्यान्वयन आवश्यक रहेकोमा बैठकमा जोड दिइएको थियो। यस क्रममा नेप्से र सीडीएससीले प्रणाली तथा क्लियरिङसम्बन्धी हालसम्मको तयारीबारे प्रस्तुति दिएका थिए भने स्टक ब्रोकर्स एशोसिएशन अफ नेपालले बजार सञ्चालनका व्यवहारिक अनुभवका आधारमा सुझावहरू प्रस्तुत गरेको थियो।

बैठकको निष्कर्षस्वरूप सेटलमेन्ट ग्यारेन्टी फन्डको सहज र प्रभावकारी कार्यान्वयनका लागि आगामी दिनमा थप प्राविधिक छलफलहरू गर्दै सबै सरोकारवाला निकायहरूबीच समन्वयात्मक रूपमा अघि बढ्ने सहमति भएको जनाइएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया