NIMB Header 2
Nepal Life

बैंक तथा वित्तीय संस्थाको सुरक्षा चुनौतीबारे गभर्नर पौडेलद्वारा उच्चस्तरीय छलफल

National Life
  • BFIS News
  • 2026 Jan 16 20:37
बैंक तथा वित्तीय संस्थाको सुरक्षा चुनौतीबारे गभर्नर पौडेलद्वारा उच्चस्तरीय छलफल
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले पछिल्लो समय बैंक तथा वित्तीय संस्था र ती संस्थामा कार्यरत कर्मचारीको सुरक्षा चुनौतीलाई केन्द्रमा राख्दै आज उच्चस्तरीय छलफल गरेका छन्। छलफलमा प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की तथा नेपाल बैंकर्स एसोसिएसनका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

Shikhar
NIMB

उक्त छलफलमा बैंक तथा वित्तीय संस्थाहरूमा देखिँदै आएका विभिन्न सुरक्षा जोखिम, कर्मचारीमाथि हुने धम्की, ठगी, साइबर अपराध, डकैती तथा वित्तीय अपराधका घटनाबारे गम्भीर समीक्षा गरिएको थियो । साथै, डिजिटल बैंकिङको विस्तारसँगै बढ्दै गएको साइबर सुरक्षाको चुनौती र त्यसबाट कर्मचारी तथा ग्राहकलाई सुरक्षित राख्ने उपायहरूबारे समेत विस्तृत छलफल भएको थियो ।

गभर्नर पौडेलले बैंकिङ प्रणाली मुलुकको अर्थतन्त्रको मेरुदण्ड भएकाले यसको सुरक्षा सुनिश्चित गर्नु अत्यन्तै महत्वपूर्ण रहेको बताए । उनले बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरू सुरक्षित महसुस नगरेसम्म सेवाको गुणस्तर र वित्तीय स्थायित्वमा असर पर्न सक्ने उल्लेख गर्दै, सुरक्षा निकाय, नियामक संस्था र बैंकहरूबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा जोड दिए ।

प्रहरी महानिरीक्षक कार्कीले बैंक तथा वित्तीय संस्थाको सुरक्षालाई नेपाल प्रहरीले उच्च प्राथमिकतामा राखेको बताउँदै, सुरक्षा व्यवस्था थप सुदृढ बनाउन आवश्यक रणनीति र कार्ययोजना कार्यान्वयन गरिने जानकारी दिए । उनले बैंकिङ अपराध नियन्त्रण, द्रुत अनुसन्धान तथा अपराधी पहिचानका लागि प्रहरी बैंक समन्वय अझ प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरे ।

त्यसैगरी, बैंकर्स एसोसिएसनका पदाधिकारीहरूले बैंक कर्मचारीहरूले भोग्दै आएका व्यवहारिक सुरक्षा समस्या, कार्यस्थलको जोखिम तथा साइबर अपराधका नयाँ प्रवृत्तिबारे जानकारी गराउँदै, दीर्घकालीन समाधानका लागि नीतिगत सुधार र संयुक्त पहलको आवश्यकता औंल्याएका थिए ।

छलफलको निष्कर्षस्वरूप बैंक तथा वित्तीय संस्थाको भौतिक तथा डिजिटल सुरक्षा मजबुत बनाउने, कर्मचारी सचेतना अभिवृद्धि गर्ने, सुरक्षा निकायसँग नियमित समन्वय बैठक गर्ने तथा सम्भावित जोखिम न्यूनीकरणका लागि स्पष्ट कार्यविधि तयार गर्ने विषयमा सहमति भएको जनाइएको छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया