Nepal Life

होटल फरेष्ट इनको आईपीओ आजदेखि खुला, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आवेदन सुरु

NMB Bank
  • BFIS News
  • 2026 Jan 18 11:26
होटल फरेष्ट इनको आईपीओ आजदेखि खुला, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आवेदन सुरु
National Life

काठमाडौं। होटल फरेष्ट इन लिमिटेडले आज (माघ ४ गते) देखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) तथा बिक्री खुला गरेको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

Shikhar
NIMB

कम्पनीले जारी पूँजी २ अर्ब रुपैयाँको २० प्रतिशत बराबरको ४० करोड रुपैयाँ अर्थात ४० लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको छ। यसमध्ये १० प्रतिशत अर्थात ४ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ दरका ४ लाख कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरूका लागि निष्काशन गरिएको हो।

उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि खुला गरिएको यो निष्काशन छिटोमा माघ ८ गते र ढिलोमा माघ १८ गते बन्द हुने कम्पनीले जनाएको छ।

आईपीओ निष्काशन प्रयोजनका लागि गराइएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई आईआरएन डबल बी माइनस (IRN BB-) इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले सञ्चालन गरेको आयोजनाको कुल लागत ३ अर्ब ४८ करोड २१ लाख १५ हजार ५२८ रुपैयाँ रहेको छ। सो आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि १०.८६ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १५.३३ वर्ष रहेको विवरण सार्वजनिक गरिएको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपाली लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत ‘सी–आस्बा’ प्रणाली प्रयोग गरी वा सिडिएस एण्ड क्लियरिङ लिमिटेडद्वारा सञ्चालित ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया