Nepal Life

भेटायोले ल्यायो यो जाडोमा गिजर मर्मत तथा जडान सेवा अब हुने छैन चिसो पानीको झन्झट

NMB Bank
  • BFIS News
  • 2026 Jan 18 20:51
भेटायोले ल्यायो यो जाडोमा गिजर मर्मत तथा जडान सेवा अब हुने छैन चिसो पानीको झन्झट
National Life

काठमाडौं। नेपालको अग्रणी अन-डिमाण्ड सर्भिस प्लेटफर्म भेटायोले यो जाडो मौसमलाई ध्यानमा राख्दै काठमाडौं उपत्यकाका घर तथा अफिस प्रयोगकर्ताहरूका लागि प्रोफेशनल गिजर मर्मत, जडान सेवा सुरु गरेको छ। यो सेवा मात्र रु. १००० बाट सुरु हुन्छ र मोबाइल एप वा फोन कलमार्फत सजिलै बुक गर्न सकिन्छ।

Shikhar
NIMB

किन चाहिन्छ नियमित गिजर सेवा?

जाडो सुरु हुनासाथ काठमाडौंमा गिजर बिग्रने समस्या धेरै देखिन्छ। सामान्य समस्याहरूमा पानी ततिन ढिलो हुनु, गिजरले पानी तताउन छाड्नु, अनौठो आवाज आउनु, पानी विस्तारै बग्ने, अत्यधिक बिजुली खपत, र गिजरबाट करेन्ट लाग्ने जस्ता जोखिमहरु हुन्छ। यस्ता समस्याले पुरै परिवारको दैनिकी असहज बनाइदिन्छ। गिजर निरन्तर चल्ने उपकरण भएकाले ६ महिनामा एकपटक वा कम्तिमा वर्षमा एकपटक सेवा अनिवार्य हुन्छ।

भेटायोले कस्तो सेवा दिन्छ?

भेटायोले छिटो, सुरक्षित र अनुभवी प्रमाणित प्राविधिकहरू मार्फत सेवा प्रदान गर्दछ। हाम्रा प्राविधिकहरूले सम्पूर्ण गिजर निरीक्षण, हीटिङ् कोइल जाँच, थर्मोस्ट्याट परीक्षण, तार र जडान जाँच, स्केलिङ हटाउने / पूर्ण सफाइ, सुरक्षा जाँच, र नयाँ गिजर जडान (पर्खालमा जडान, पाइप सेटिङ्, तार जडान सहित) जस्ता कार्यहरू गर्छन्।

नियमित सर्भिसिङले गिजरको आयु बढाउने, बिजुली खर्च घटाउने, तताउने क्षमता सुधार्ने, सुरक्षा जोखिम कम गर्ने, र पानी तताउने गति तेज गर्ने जस्ता कुरामा फाइदा पुर्‍याउँछ। यसले जाडोमा निरन्तर तातो पानी सुनिश्चित गर्छ र परिवारलाई असहज परिस्थितिबाट बचाउँछ।

गिजर मर्मत वा जडान सेवा कसरी बुक गर्ने?

तपाईंले Bhetayo App डाउनलोड गरेर वा फोन: 9801088080 मार्फत सेवा बुक गर्न सक्नुहुन्छ। एक क्लिकमै प्राविधिक घरमै पुगेर समस्या समाधान गर्नेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया