NIMB Header 2
Nepal Life

नेपाल लाइफको 'एमडिआरटी २०२६' सम्मान कार्यक्रम सम्पन्न, २०२७ मा २५० भन्दा बढी बनाउने लक्ष्य

National Life
  • BFIS News
  • 2026 Jan 30 20:38
नेपाल लाइफको 'एमडिआरटी २०२६' सम्मान कार्यक्रम सम्पन्न, २०२७ मा २५० भन्दा बढी बनाउने लक्ष्य
Sanima Reliance

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एमडिआरटी २०२६ का लागि क्वालिफायड भएका अभिकर्ताहरूलाई सम्मान गर्दै पोखराको ग्राण्ड होटलमा भव्य कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा सन् २०२६ का लागि एमडिआरटीको लक्ष्य हासिल गर्ने ११० जना अभिकर्तालाई विशेष सम्मान गरिएको हो।

Shikhar
NIMB

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविण रमण पराजुलीले आगामी वर्ष २०२७ का लागि एमडिआरटीको संख्या दुई सय पचासभन्दा बढी पुर्‍याउने लक्ष्य रहेको बताए। यसका लागि कम्पनीले आवश्यक वातावरण तयार पार्ने प्रतिबद्धता व्यक्त गर्दै सम्पूर्ण अभिकर्ताहरूको मिहिनेत र परिश्रमको कदर स्वरूप आगामी दिनमा थप विभिन्न तालिम तथा कार्यक्रम सञ्चालन गरिने जानकारी दिए।

नेशनल सेल्स हेड उपापती पोख्रेलले सन् २०२५ को तुलनामा २०२६ मा एमडिआरटी क्वालिफायडको संख्या वृद्धि भएकोमा खुसी व्यक्त गरे। उनका अनुसार सन् २०२५ मा कम्पनीबाट ९४ जना एमडिआरटी क्वालिफायड भएका थिए भने २०२६ मा यो संख्या बढेर ११० पुगेको छ।

त्यसैगरी, पेशागत बीमा अभिकर्ता संघका महासचिव ओम केसीले बीमा क्षेत्रको नियामक नेपाल बीमा प्राधिकरणले अभिकर्ताको हित विपरीत समस्या सिर्जना हुने गरी नियम–कानुन ल्याइरहेको गुनासो गरे। बीमा नियमावलीअनुसार अभिकर्ताको लाइसेन्स नवीकरणमा एक दिन ढिला भएमा एक हजार रुपैयाँ जरिवाना लगाउने व्यवस्थाको उनले विरोध जनाए। नेपाल लाइफका सीईओ पराजुली जीवन बीमक संघका अध्यक्षसमेत रहेकाले यस विषयमा संघको तर्फबाट पनि आवाज उठाउन उनले अनुरोध गरे। यस्ता व्यवस्था यथावत् रहेमा अभिकर्ता नवीकरणको संख्या घट्ने चेतावनीसमेत उनले दिए।

महासचिव केसीले मित्रराष्ट्र भारतको उदाहरण दिँदै हाल भारतमा बीमा कम्पनीहरूले प्रिमियम घटाउने र बोनस बढाउने अभ्यास गरिरहेको उल्लेख गरे। “नेपालमा पनि यस्तो अभ्यास सुरु गर्नुपर्छ, र लिडिङ कम्पनी भएका कारण यसको सुरुवात नेपाल लाइफले नै गर्नुपर्छ,” उनले भने। भारतमा सफल नभएका सेवा सुविधालाई नहेरी त्यही अभ्यास नेपालमा लागू गर्दा बीमा बजार अस्वस्थ र ध्वस्त हुने खतरा रहेको उनको भनाइ थियो। साथै, डिजिटल प्रविधिको दुरुपयोग र कमिसनसम्बन्धी गलत अभ्यास रोक्न अभिकर्ता र कम्पनी दुवै सचेत हुनुपर्ने उनले बताए।

कार्यक्रममा पेशागत बीमा अभिकर्ता संघ बीमक समिति नेपाल लाइफका अध्यक्ष गणेश अधिकारीले समयअनुसार नयाँ प्रोडक्ट नल्याई पुरानै प्रोडक्टमा मात्र रिप्राइसिङ गरेर नहुने बताए। अभिकर्ता संघसँग सहकार्य गर्दै समयसापेक्ष नयाँ प्रोडक्ट ल्याउन सकेमा कम्पनीले लिएको लक्ष्यभन्दा पनि बढी, तीन सयभन्दा बढी एमडिआरटी उत्पादन गर्न सकिने उनको दाबी थियो। यसका लागि बोनसलाई अझ उत्कृष्ट बनाउँदै प्रतिस्पर्धी स्किमहरू समयमै ल्याउनुपर्ने सुझावसमेत उनले दिए।

सम्मान कार्यक्रममा कम्पनीका उच्च अधिकारी, अभिकर्ता तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो। अभिकर्ताहरुले एमडिआरटीको आधिकारिकता प्राप्त गर्नका लागि कम्पनीले सहजिकरण गर्नु पर्ने माग राखेका छन्। एमडिआरटीको सदस्यता पाउनका लागि ठुलो रकम खर्चिनु पर्ने अवस्था रहेकाले यसका लागि कम्पनीले सहजिकरण गर्नु पर्ने उनिहरुको भनाइ छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया